अन्यसमाचार

साग फुटबलमा स्वर्ण जित्नेलाई साढे पाँच लाख -GoodNews24

Gobal IME Bank

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा स्वर्ण पदक जित्ने नेपाली पुरुष फुटबल टोलीका खेलाडीलाई जनही रु पाँच लाख ५० हजार पुरस्कार दिने भएको छ । एन्फाको आज बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।

नेपालले फाइनलमा भुटानलाई हराउँदै साग फुटबलमा स्वर्ण जितेको थियो । सरकारले यसअघि स्वर्ण जितेको नेपाली पुरुष फुटबल टोलीका खेलाडीलाई जनही रु पाँच लाख दिने घोषणा गरिसकेको छ । साग फुटबलमा रजत पदक प्राप्त गरेको महिला टोलीका खेलाडीलाई जनही रु एक लाख ५० हजार पुरस्कार दिने एन्फाले निर्णय गरेको छ । फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।

यस्तै एन्फाले शहीद स्मारक बी डिभिजन लिग खेल्ने प्रत्येक क्लबलाई प्रतियोगिता तयारी स्वरुप रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । बी डिभिजन लिगको विजेतालाई रु १५ लाख, उपविजेतालाई रु आठ लाख, तेस्रो हुने क्लबलाई रु पाँच लाख तथा चौथो हुनेलाई रु तीन लाख पुरस्कार प्रदान गरिनेछ ।

यसैगरी सी डिभिजन लिगको तयारीका लागि प्रत्येक क्लबलाई रु सात लाख दिइने एन्फाले जनाएको छ । महिला फुटबल प्रतियोगिताका विजेतालाई रु १५ लाख, उपविजेतालाई रु आठ लाख, तेस्रोलाई रु पाँच लाख तथा चौथो हुनेलाई रु तीन लाख पुरस्कार प्रदान गर्ने एन्फाले निर्णय गरेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button