मनोरञ्जनसमाचार

फिल्म ‘ऐंचो पैंचो’को गीत ‘काले केटाले’ सार्वजनिक

'Kaale Keta le' Song

Gobal IME Bank

काठमाडौँ। भदौ १४ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ऐंचो पैंचो’ को पहिलो गीत सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ‘काले केटाले’ बोलको गीत सार्वजनिक गरिएको हो ।

प्रमुख अतिथिको रुपमा सहभागी नेकपा एमालेका नेता योगेश भट्टराईले यो चलचित्रले ‘छक्कापञ्जा’ र ‘जारी’ले जस्तै धेरै कमाउन सकोस् भनेर शुभकामना दिए । राष्ट्रिय फिल्मको प्रवर्द्धन गर्न यस्ता फिल्म चल्नुपर्ने उनको भनाइ थियो ।

कृषा चौलागाईं द्वारा निर्देशित फिल्मलाई सोसियो पोलिटिकल जनरामा राखिएको छ । गाउँको सेटिङमा राजनीतिक कथावस्तु बुनिएको फिल्मको गीत सार्वजनिक समारोहमा फिल्मका कलाकारहरु उपस्थित थिए ।

आशिष अविरल र अस्मिता अधिकारीको स्वर रहेको गीतमा एकनारायण भण्डारीको शब्द र आशिषको नै संगीत रहेको छ । स्वस्तिमा खड्का, मुकुन भुसाल, वर्षा राउत, सुशील सिटौला, कोसिस क्षेत्री, राजाराम पौडेल, शारदा गिरी, बुद्धि तामाङ, विशाल पहारी, रमेश बुढाथोकी, रविन्द्र झा, सुमन मोटेको अभिनय रहेको छ ।

यो गीतमा फिल्मका शीर्ष कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, विपिन मल्ल र भूपेन्द्र अधिकारीको सम्पादन, अभिमन्यू निरवीको कथा र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । फिल्मलाई प्रीतम लामिछाने र आध्या लामिछानेले निर्माण गरेका हुन् भने विशाल चौलागाईं सहनिर्माता हुन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button