मनोरञ्जनमुख्य समाचारसमाचार

स्कटल्याण्डविरुद्ध नेपालको ऐतिहासिक जित

Gobal IME Bank

काठमाडौँ । नेपालले स्कटल्याण्ड विरुद्धको रोमाञ्चक खेल दुई विकेटले जितेको छ । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु टोली नेपालले चारै खेल जितेको छ ।

आज (मंगलबार) कीर्तिपुरस्थित टियु मैदानमा भएको आफ्नो अन्तिम खेलमा पनि नेपालले जित हाँसिल गरेको हो । यो संगै नेपाल विश्वकप लिग टू को पूरा सिरिजमा स्कटल्याण्डलाई लगातार दुई खेलमा पराजित गर्ने पहिलो टोली पनि बनेको छ ।

नेपालका लागि कप्तान रोहित पौडेल ९५ बलमा अविजित रहेका थिए । रोहितले १०१ बल खेलेकामध्ये ७ चौका र ४ छक्का प्रहार गरेका थिए भने करण केसी ३७ बलमा ३१ रनसहित अविजित रहेका थिए । यस्तै ज्ञानेन्द्र मल्लले २१ रन जोड्दा आशिफ शेख १२ रनमा पेभिलियन फर्किए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button