समाचार

कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानलाई एम्बुलेन्स-Goodnews24

Gobal IME Bank

सिञ्जा- भारतीय राजदूतावासले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई एम्बुलेन्स उपलब्ध गराएको छ । १५१औँ गान्धी जयन्तीका अवसरमा राजदूतावासले करिब रु ६८ लाख २४ हजार मूल्य बराबरको आधुनिक प्रविधि युक्त एम्बुलेन्स शिक्षण अस्पताललाई उपहार दिएको हो । राजदूतावासले नेपाल सरकारलाई अनुदानमा दिएका तीन अत्याधुनिक सेवासहितका एम्बुलेन्स मध्ये एक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदान गरेको हो ।

राजदूतावासले यो वर्ष पहिलोपटक नेपाललाई तीन प्रकारका एड्भान्स, बेसिक र कमन लाइफ सपोर्ट श्रेणीका एम्बुलेन्स प्रदान गरेको छ । दूतावासका अनुसार तीनै प्रकारका एम्बुलेन्स नेपाल सरकारको मापदण्डअनुसार निर्माण गरिएका छन् । सुविधा सम्पन्न एम्बुलेन्सका लागि दूतावाससँग लामो समयदेखि भइरहेको मागपश्चात दूतावासले अत्याधुनिक सेवासहित एम्बुलेन्स प्रदान गरेको प्रतिष्ठानका अस्पताल निर्देशक डा मङ्गल रावलले बताउनुभयो । एम्बुलेन्स प्राप्त भएसँगै बिरामीको उद्धारमा थप खटिन सजिलो हुने उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button