मुख्य समाचारसमाचार
काठमाडौं-६ : राष्ट्रिय स्वतन्त्र पार्टीको खनाल अग्रस्थानमा, एमालेको खनाल तेस्रोमा
काठमाडौं । काठमाडौं क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल अग्रस्थानमा हुनुहुन्छ । खनालले हालसम्म ६ हजार ४ सय २३ मत प्राप्त गर्नुभएको छ ।
नेपाली काँग्रसका उम्मेदवार भिमसेन दास प्रधान भने ४ हजार एक मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।
त्यस्तै ३ हजार ९ सय ९९ मत प्राप्त गर्दै नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा हुनुहुन्छ ।
मतगणना जारी छ ।