मुख्य समाचारसमाचार
महानगर भित्र अब प्रत्येक दुई वर्षमा मात्रै घरभाडा १० प्रतिशतले बढ्ने

काठमाडौं । काठमाडौं महानगरले ल्याएको ‘घर बहाल व्यवस्था निर्देशिका २०७९’ अनुसार अब महानगर भित्र घर बहाल रकम निश्चित अवधिमा मात्रै बढ्ने भएको छ । निर्देशिका अनुसार घर बहाल रकम दुई वर्षमा १० प्रतिशतले बढ्ने उल्लेख गरिएको छ ।
महानगरले तयार पारेको सम्झौता पत्रको ढाँचाको बुँदा नम्बर ७ मा भनिएको छ, ‘घरबहाल रकम प्रत्येक २र२ वर्षमा १० प्रतिशतका दरले वृद्धि हुने छ ।’
यो व्यवस्था कार्यान्वयन भएसँगै घरधनीहरुले मनलाग्दी भाडा उठाउन अब नपाउँने भएको हो । त्यसो त अब तोकिएको भाडाको आधारमा महानगरमा घर बहाल कर तिर्नुपर्ने हुन्छ ।
त्यस्तै घरभाडामा दिंदा र घरखाली गर्दा त्यसको पनि सूचना सात दिनभित्र महानगरपालिकामा दिनुपर्ने व्यवस्था छ । यदि त्यसो नगरेमा भाडामा लगाउने पक्षले सो अवधिभरको घरबहाल कर महानगरपालिकालाई तिर्नुपर्ने हुन्छ ।
यसमा तपाईको मत कमेन्ट गर्नुहोस्