अन्यसमाचार

काठमाडौँमा अवतरण गरिनुपर्ने जहाज किन डोल्पा पुग्यो ? रहस्यमय घट्ना पछि ग्राउन्डेड किन भयो जहाज

Nepal Airlines

Gobal IME Bank

काठमाडौँ। सेप्टेम्वर ३० गतेका का दिन राति ८ः१० बजे काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने नेपाल एयरलायन्सको ९ एन एकेएक्स कल साइनको जहाजले अनाधिकृत रुपमा उडान गरी डोल्पामाथिको आकाशमा पुगेर पुन काठमाडौँ फर्केर सकुशल अवतरण गरेको घटना रहस्य बन्दै गएको छ ।

नेपाल एयरलाइन्सले उक्त घटना लुकाउन खोज्दैछ भने नेपाली सेनाले राष्ट्रिय सुरक्षामा नै खतरा हुन्छ कि भनेर अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

असोज १३ गते शनिबारका दिन दुबईबाट उडान नं आरएनए २३० को तालिकाबाट काठमाडौँ आउँदै गरेको नेपाल एयरलायन्सको एयरबस ३२० जहाज लखनऊको आकाश पुग्नै लाग्दा ३३ हजार फिटको उचाईमा उडिरहेको थियो । स्थानीय कोमालगन्जमाथिको आकाशमा आइपुगेपछि एकाएक जहाज बायाँतर्फ मोडिएर नेपालतर्फ फर्कियो । उक्त एयरबस ए ३२० जहाज नेपालगन्ज र गलुरियाको बीचमा पर्ने जमुनिया हुँदै नेपाली आकाशमा प्रवेश गर्यो । त्यसपछि समान गती र उचाईमा बाँकेको कोहलपुर हुँदै सिधैँ डोल्पातर्फ अघि बढिरह्यो । जहाज ३३ हजारकै फिटमा रुकुमको मुसिकोट हुँदै जङ् पार गरेर डोल्पाको दुनै सामने रन्माकोट भन्दा पर पुगिसकेको थियो ।

राति करिब ८ बजे काठमाडौँस्थित विमानस्थलमा अवतरण गर्नुपर्ने जहाज डोल्पाको सिमाना ढोरपाटन आरक्षण केन्द्रलाई दाहिने पारेर पूर्वतर्फ मोडियो । त्यतिबेला जहाज ३३ हजार फिटको उचाईमाथि ९०७ किमी प्रतिघण्टाको गतिमा उडिरहेको थियो ।

चार हजार मिटर अग्लो विशाल हिमश्रृंखला छिचोल्दै जहाज बल्ल दाहिनेतर्फ मोडिन थाल्यो । राति ८ः०० बजे काठमाँमा अवतरण गर्नुपर्ने जहाज ७ः४१ बजेसम्म पश्चिमी बाग्लुङको आकाशमा उडिरहे पछि उक्त जहाजमा यात्रा गरिरहेका यात्रुका आफन्तहरु डराई रहेका थिए ।
राति ७ः४५ बजेपछि बल्ल जहाजले बाग्लुङमाथिको आकाशमा आईपुगेर २५ हजार फिटको उचाई कायम गर्दै गति घटाउन थालेपछि यात्रुका आफन्तहरुले जहाज काठमाडौँ आउँदै गरेको अनुमान गर्न थाले ।

राति ८ बजे भरतपुरमाथिको आकाशमा आईपुगेर जहाज अवतरणको लागि एप्रोच लिन बाराको आकाशतर्फ लाग्यो त्यसपछि उचाई र जहाजको गति दुवै घटाउँदै लगेर राति ८ः१४ बजे काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गर्यो ।

यो घट्ना नेपालको हवाई इतिहासमा आजसम्म भएको थिएन । उक्त घटनालाई नेपाल एयरलाइन्सले सामान्य रुपमा लिएर घटनालाई लुकाउने प्रयास गरिरहेको छ । नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले सेप्टेम्वर ३० को उडान नं आरएनए २३० को घटनाबारे यस्तो भनेका छन् ‘मौसमको कारण भएको सामान्य विषय हो । अण्डर लिमिटेट परमिट नर्मल डाईभर्ट गरिएको हो ।’ पौडेलका अनुसार जहाज नेपालतर्फ आउने क्रममा हवाई रुटमा खराब मौसमका कारण भारतीय एयर ट्राफिक कन्ट्रोलरसँग अनुमति लिएर डाईभर्ट गरिएको हो ।

तर, तथ्याङ्क र विश्लेषणहरु अनुसार उक्त समयमा अनरुटमा मौसम बिग्रेको कुरा तथ्यहरुले पुष्टि हुदैन । उक्त समयमा सोही रुटमा उडिरहेका अरु जहाजहरु सामान्य तरिकाले आफ्नै रुटमा थिए । अन्तर्राष्ट्रिय उडान मात्रै नभएर धनगढीबाट काठमाडौँ आउँदै गरेको बुद्ध एयरको जहाज समेत नेपाल एयरलाइन्सको जहाज भन्दा केहीबेर अघि मात्रै अवतरण गरेको थियो । त्यस्तै एयर भारतको जहाज पनि केहीबेर पछि नियमित रुटबाट काठमाडौँमा अवतरण गरेको देखिएको छ । अनरुटमा धेरै वटा जहाजहरु भएर मौसममा खराबी रहेको भनेर नेपाल एयरलाइन्सले भने पनि विश्वास गर्न सकिने पर्याप्त आधार र तथ्यहरु फेला पार्न सकेको छैन ।

नेपालगन्जबाट नेपालतर्फ प्रवेश गरेपछि उक्त जहाज सिधैं भरतपुरतर्फ सोझिनुपर्ने थियो तर जहाज डोल्पाको सीमातर्फ किन गइरहेको थियो भन्ने अर्को कारण खुल्न सकेको छैन । अमेरिका र अन्य युरोपेली मुलुकमा जहाजहरु एयर ट्राफिकको अनुमति बिना १०० फिट पनि दायाबायाँ नगरी उडाउनु पर्छ । तर, नेपाल एयरलाइन्सको जहाज त्यो दिन सयौँ किलोमिटरसम्म रुट भन्दा बाहिर उडिरहेको थियो ।

भैरहवास्थित रेडार, पोखरास्थित रेडार र काठमाडौँस्थित रेडारले उक्त जहाजलाई प्रष्टसँग लोकेशनमा देखाइरहेको भएपनि कुनै पनि एयर ट्राफिक कन्ट्रोलरहरुले जहाजलाई सही रुटमा उडाउन किन सकेनन् अर्को प्रश्न उृत्पन्न भएको छ । यसले नेपालको एयर ट्राफिकको कार्यक्षमता र दक्षतामाथि प्र्रश्न उठेको छ । अर्को प्रश्न नेपाली आकाशमा जथाभावी जहाज उडाउँदा पनि त्यसको नियमन नगर्ने एयर ट्राफिकहरुको क्षमता प्रती पनि प्रश्न उठेको छ ।

आर्के तर्फ सेप्टेम्वर ११ मा अमेरिकाको ट्वीनटावरमा यस्तै किसिमको जहाज ठोक्काएर आतंकवादी हमला भएको थियो । त्यसैले अन्तर्राष्ट्रिय उडानमा रहेका जहाजहरुको उडान नियमन सम्बन्धित देशको सेना र राष्ट्रिय सुरक्षा अहिले चासोको विषय बन्ने गरेको छ ।

यसप्रकारकको संवेदनशिल विषयमा नेपाल एयरलाइन्सले छानविन गरेको छैन । नेपाली सेनाले घटनाबारे जानकारी पाएलगत्तै नोटिस गरिएको र अध्ययन भइरहेको जानकारी दिएको छ ।

प्राप्त सू्चना अनुसार जहाजको उपकरणमा समस्या उत्पन्न भएको थियो । नेपाल एयरलाइन्सले उक्त समस्याग्रस्त जहाजलाई जबरजस्ती उडान गरिरहेको तथ्य फेला परेको छ । यात्रुहरुको जिवन जोखिममा पार्दै नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष उद्धवराज अधिकारी, इन्जिनियर उपेन्द्र पौडेल र मर्मत सम्बन्धि इन्जिनियर देवकृष्ण सञ्जेलले सूचना पाएर पनि उचित मर्मत नगरी उक्त जहाज उडाइरहेका थिए । प्राविधिक रुपमा उडाउनै नमिल्ने जहाजलाई पाँच दिनसम्म काठमाडौँ-बैंगलोर, काठमाडौँ-हङकङ, काठमाडौँ-दिल्लीमा उडान गरिएको तथ्य भेटिउको छ । यी रुटहरुमा सहज उडान र अवतरण भएपनि अन्तिम पटक असोज १७ गते बुधबार काठमाडौँ–साउदी उडानको क्रममा जहाजले वरपरका जहाजलाई नदेखाएको समस्या देखाएपछि पाकिस्तानको आकाशमा पुगेर काठमाडौँमा फर्काइएको थियो । त्यसपछि उक्त जहाजलाई हाल ग्राउण्डेड गरि राखिएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button