समाचार

काठमाडौं महानगरलाई चीनको ल्हासा नगरले दियो २ ट्रक उपहार-Goodnews24

Gobal IME Bank

काठमाडौं मंसिर २१,- काठमाडौँ महानगरपालिकालाई चीनको ल्हासा नगरबाट दुई थान फोहर बोक्ने कम्प्रेस्ड गारवेज ट्रक उपहार स्वरुप प्राप्त भएको छ । “२०७६ सालको इन्द्रजात्रा अवलोकन गर्न ल्हासा नगरका प्रमुख गुहेओ गुहेओ आउनु भएकै समयमा उहाँले काठमाडौँ सरसफाइका लागि ट्रक उपहार पठाउने बताउनु भएको थियो, सोही अनुरुप आज उक्त ट्रक प्राप्त भएको हो । ल्हासा नगरसँग कामपाको भगिनी सम्बन्ध स्थापित भइसकेको छ ।”

यही १५ गते ल्हासा नगरको अन्तरराष्ट्रिय मामिलाका अधिकारीले कामपाको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयलाई उक्त ट्रक हस्तान्तरण गर्नु भएको थियो । त्यस अवसरमा अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका अधिकृत यम बसेल, वित्त विभागबाट उपनिर्देशक प्रवीण प्याकुरेल, विपद् व्यवस्थापन विभाग नगर प्रहरी नायब उपरीक्षक विष्णु जोशी, चालक बलराम चचामु र दीपक वैष्णव रहनु भएको थियो । ती ट्रकहरु यही मङ्सिर १६ गते काठमाडौँ ल्याइएका हुन् । ती ट्रकको मूल्य करिब रु १ करोड ९० लाख रहेको छ ।

आज कामपाका प्रमुख शाक्यले ट्रकको साँचो यन्त्र तथा उपकरण महाशाखा प्रमुख पुरुषोत्तम शाक्यलाई हस्तान्तरण गर्नु भयो । त्यसअघि प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले प्रमुख शाक्यलाई साँचो हस्तान्तरण गर्नु भएको थियो । सात हजार २०५ किलोग्राम फोहोर कम्प्रेस बोक्नु यसको मुख्य विशेषता हो । सङ्कलित फोहोरलाई पछाडिको बकेटमा राखेपछि यन्त्रले फोहोरलाई विस्तारै उचाल्न थाल्छ । त्यसपछि कम्प्रेस्ड यन्त्रले फोहोर खाँदिन थाल्छ । यसको क्षमता पूरा भएपछि आफैँ आवाज दिएर जानकारी गराउँछ ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button