अन्यमुख्य समाचारसमाचार

गर्मीमा घरमै बनाउनुहोस् कुल्फी, रेसिपी हेर्नुहोस्

Gobal IME Bank

एजेन्सी । गर्मीयाम सुरु भएसँगै हामी चिसो खाने कुरा खान रुचाउँछौ । गर्मीमा बच्चा होस युवा बुढापाका सबैलाई चिसो बरफ र कुल्फी खान निकै मन पर्छ । यसका लागि पटक पटक पसल गई राख्नु पनि आफैमा झन्झटिलो हुन्छ, त्यसैले घरमा नै कुल्फी बनाउन जानियो भने पैसा पनि बच्यो र एक्सट्रा उर्जा पनि खर्च हुदैन् ।

पढ्नु होस कुल्फी बनाउने रेसिपी
दुध, खुवा र ड्राई फ्रुटलाई मिसाएर कुल्फी बनाईन्छ । दुधलाई कराईमा उमाल्नको लागि हाल्ने यसमा खुवा, बदाम, पिस्ता मिसाएर ५ देखि १० मिनेट उमाल्ने र दुध आधा होउन्जेल उमाल्ने त्यस पछि चिसो हुनको लागि छोडीदिने । मिश्रण चिसो भई सकेपछि उक्त मिश्रणलाई बजारमा सजिलै उपलब्ध हुने कुल्फी मेकर कुल्फी मोल्डमा हालेर ४ देखि ५ घण्टाको लागि फ्रिजमा राखिदिने र कुल्फी जमि सके पछि एउटा भाँडामा पानि राख्ने यसरी पानीमा कुल्फी राख्दा कुल्फी मोल्डबाट कुल्फी निकाल्न सजिलो हुन्छ ।

दुधमा पाइने क्याल्सियमको कारण कुल्फी खाँदा हड्डीको लागि फाइदाजनक हुन्छ, कुल्फीमा मिसाईएको ड्राई फ्रुट्सको कारण कुल्फी खाँदा यसमा पाइने भिटामिन ए, बि २ र बि १२ को कारण मेटाबोलिज्मलाई सन्तुलित गर्नुका साथै हाम्रो शरीरको इम्युनिटि सिस्टमलाई पनि मजबुद बनाउछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button