मुख्य समाचारसमाचार

ललितपुरमा पशुहरुमा देखापरेको रोगकोलागि कृषकलाई महानगरको सुझाव

पशु सेवा शाखाका अनुसार के-के गर्नुहुन्न ? हेर्नुहोस्

Gobal IME Bank
सांकेतिक तस्विर

ललितपुर । ललितपुर महानगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानमा गाईभैसीहरुमा महामारीजन्य रोग लम्पी स्किन रोग देखापरेको भन्दै पशु सेवा शाखाले एक सुचना जारी गरेको छ ।

गाईभैसीहरुमा महामारीजन्य रोग लम्पी स्किन रोग ललितपुर महानगरपालिकाका वडा नं. २६ सुनाकोठी, वडा नं. २८ हरिसिद्धी र वडा नं. २२ चुनिखेलमा फाटफुट रुपमा देखा परेको बताइएको छ । त्यसैले उक्त रोग अन्यत्र फैलिन नदिनका लागी पशुपालक कृषकहरुलाई सुरक्षाका उपायहरु अवलम्बन गर्न पशु सेवा शाखाले अनुरोध गरेको हो ।

पशु सेवा शाखाका अनुसार के-के गर्नुहुन्न ? हेर्नुहोस्:

  • पशुचौपाय हरुको आवतजावत नगर्ने । जैविक सुरक्षाका उपायहरु अवलम्बन गर्ने : जस्तै गोठ खोरमा फिनेल, चुना छर्ने ।
  • झिंगा, लामखुट्टे, मुसुना किना आदिको नियन्त्रण गर्ने र तिनिहरुको टोकाइबाट पशुलाई बचाउने ।
  • रोग देखा परेका स्थानहरुबाट पशु चौपाय खरिद विक्रि तथा आवतजावत नगर्ने ।
  • रोगका लक्षण देखिएका पशुहरुलाई अन्य स्वस्थ्य पशुवाट अलग गराउने ।
  • रोगका लक्षण देखिएका पशुहरुलाई चरिचरनमा नलैजाने ।
  • रोग देखा परेको शंका लागेमा नजिकैको पशु सेवा केन्द्र वा संबन्धित निकायमा जानकारी गराउने र तुरुन्तै लक्षण अनुसारको उपचार गर्ने ।
  • यो भाईरसजन्य माहामारी रोग भएकाले रोग नियन्त्रणका लागी यथासम्भव चाडो खोप लगाउन पहल गर्ने ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button