Friday , 24 September 2021

स्थानीयवासीको स्वास्थ्य परीक्षण गर्न निःशुल्क स्वास्थ्यकक्ष स्थापना -GoodNews24

भक्तपुर । चीनको वुहानबाट उद्धार गरिएका नेपालीलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखेपछि स्थानीयवासीका लागि छुट्टै हेल्थ डेस्क स्थापना गरिएको छ ।

स्थानीय बासिन्दामा निकै त्रास बढेको भन्दै चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले यहाँका स्थानीय बासिन्दाका लागि निःशुल्क हेल्थ डेक्स राखिएको जानकारी दिनुभयो । उहाँले आजदेखि चिकित्सकसहितको हेल्थ डेक्स राखिएको र स्थानीयवासीको निःशुल्क स्वास्थय परीक्षणदेखि आवश्यक परेमा निःशुल्क उपचारसमेत गर्नेगरी व्यवस्थापन गर्न लगाइएको बताउनुभयो ।

चाँगुनारायण–७ घुमाउनेस्थित सामुदायिक भवनमा भक्तपुर अस्पतालका एक चिकित्सक र एक नर्ससहितको टोलीले आजदेखि हेल्थ डेक्स स्थापना गरेको हो । हेल्थ डेक्समा अस्पतालका डा मञ्जु बज्राचार्य र नर्स मैया नायवाको टोलीले स्थानीयवासीको निःशुल्क स्वास्थ्य परीक्षण एवं औषधि वितरण गरिरहेको छ । डा बज्राचार्यले आज १०ः०० बजेदेखि निःशुल्क हेल्थ क्याम्प सञ्चालन गरेको जानकारी दिँदै हेल्थ डेक्समा आउने स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण एवं निःशुल्क औषधि वितरणका लागि आवश्यक औषधिसमेत ल्याइएको जानकारी दिनुभयो ।

प्रत्येक दिन १०ः०० बजेदेखि ३ः०० बजेसम्म हेल्थ डेक्स सञ्चालनमा रहने बताउँदै डा बज्राचार्यले आज पहिलो दिन भएकाले होला स्वास्थ्य परीक्षणका लागि कोही नआएको बताउनुभयो । नियमितरूपमा कम्तीमा १४ दिनसम्म यस स्थानमा हेल्थ क्याम्प सञ्चलन हुने भएको छ । क्वारेण्टाइनमा बस्नेका लागि हरेक दिन स्वास्थ्यजाँच गर्दा त्यहाँका स्थानीयवासीको पनि स्वास्थ्य जाँच गर्नुपर्ने नगरप्रमुख मिश्रको भनाइ छ ।

नगरप्रमुख मिश्रले स्थानीय बासिन्दा त्रासमा रहेको र कतिपयले बस्ती नै छाड्न थालेको बताउँदै स्थानीयवासीको सुरक्षा र उपचारको सम्पूर्ण जिम्मेवारी केन्द्रीय सरकारले लिनुपर्ने अडान रहेको बताउनुभयो । स्थानीयवासी अझै पनि डराइरहेकाले ज्वरो तथा रुघा आएमा अत्तालिन सक्ने भन्दै हेल्थ डेस्क आवश्यक रहेको उहाँको भनाइ छ । सरकारले आज १७५ नेपालीलाई ल्याएर क्वारेण्टाइनमा राखेको छ ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″] [irp posts=”3875″]
यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
Loading...

Check Also

आजदेखि खोप प्रदेशमा पठाइँदै-Goodnews24

काठमाडौँ, १० माघ – कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । …

Powered by Youth Circle