मुख्य समाचारसमाचार

महानगर दिवस: ५० खुल्ला र सार्वजनिक स्थलको एकै पटक सफाइ, १ हजार व्यक्ति सहभागी

महानगरलाई ८ वटा क्लष्टरमा बाँडेर समूह परिचालन

Gobal IME Bank

काठमाडौँ । २८ औँ महानगर दिवसको अवसरमा पारेर आज काठमाडौँका ५० वटा खुल्ला र सार्वजनिक स्थलको एकै पटक सरसफाइ गरिएको छ । कार्यक्रमको शुरुवात् टेकु दोभान छेउमा रहेको चिन्तामणि पार्कबाट गरिएको थियो ।

महानगरका जनप्रतिनिधि, कर्मचारी, सरसफाईमा क्रियाशील संघ संस्थाका प्रतिनिधिले पार्क, सडक, चोक, गल्ली, मठमन्दिरलगायत क्षेत्रको सफाइ गर्नुभएको थियो ।

सफाईबाट महानगरपालिकाले १७ मेट्रिक टन र निजी क्षेत्रबाट १ सय मेट्रिक टन फोहोर संकलन भएको वातावरण तथा कृषि विभागका सहायक निर्देशक सानुमैया महर्जनले जानकारी दिनुभयो । ब्रुमरले ३० मेट्रिक टन धुलो संकलन गरेको महर्जनको भनाइ छ ।

वातावरण विभागले फोहोर संकलनका लागि सवारी, धुलो सफाइका लागि ब्रुमर र भुइँ सफा गर्न जेट मेसिन परिचालन गरेको थियो । जेट मेसिनले पचली, कंकेश्वरी, मखन महादेव र मच्छिन्द्रबहालका मन्दिर र भुइँमा पानी हालेर सफा गरेको थियो । ४ फरक क्षेत्रमा व्रुमरको प्रयोग गरेर धुलो बटुलिएको थियो ।

स्वयम्भू, कालीमाटी, कलंकी, असन, इन्द्रचोक, माइतीघर मण्डला, कोटेश्वर, गौशाला, चावहिल, महाराजगञ्ज, बालाजु, सामाखुशी, हिटी पोखरी, लाजिम्पाट, त्रिपुरेश्वरलगायत क्षेत्रको सरसफाइ गरिएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button