अन्यमुख्य समाचारसमाचार

विश्वकै महँगो अचम्मको आलु ‘बोनेट’, किलोकै पर्छ ८० हजार !

Gobal IME Bank

एजेन्सी । हामी सबैलाई आलु निकै मन पर्छ । कोही कोहीलाई मन नपर्न सक्छ । हामी सबैको भान्छामा प्राय भेटिने तरकारी भनेको आलु हो । आलु जसरी पनि जुनै पनि अन्य तरकारीसंग मिसाएर खान मिल्छ । त्यसैले आलुलाई तरकारीको राजा भनिन्छ, किनभने यो सदाबहार हुन्छ । आलु लामो समयको लागि पनि भण्डारण गर्न सकिन्छ ।

त्यसो त सबैभन्दा महत्त्वपूर्ण कुरा आलुको मूल्य अन्य तरकारीको तुलनामा कम रहेको पाइन्छ । तर एउटा यस्तो जातीको आलु छ जसलाई साँच्चै राजाको उपाधि दिलाउँन सक्छ ।

‘बोनेट’ जातको आलु जसको मूल्य निकै महँगो भएकाले सर्वसाधारणले यो आलु किन्न सक्दैनन् । यो आलुको मुल्यभन्दा सुनको मुल्य सस्तो लाग्छ तपाइलाई । सबैभन्दा अचम्मको कुरा के हो भने यति महँगो भए ता पनि यो आलुको माग विश्वभर छ । संसारका धनीहरूले यो आलु धेरै चासोका साथ खान्छन् ।

यो आलुको एक किलोको मूल्य करिब ८० हजार रुपैयाँ पर्छ ।

यो आलु विशेष गरी फ्रान्सेली टापु इले डे नोइरमोटीएरमा खेती गरिन्छ । बलौटे माटोमा यसको खेती गरिन्छ । समुद्री शैवालले यसको मलको रूपमा काम गर्दछ । मिडिया रिपोर्टका अनुसार ५० वर्ग मिटर जमिनमा मात्रै यसको खेती गरिन्छ । यस टापुमा मात्रै उत्पादन हुने यो आलु बजारमा १० दिन मात्रै पाइन्छ, जसका कारण यति महँगोमा बिक्री हुन्छ ।

यो आलुमा धेरै प्रकारका पौष्टिक तत्व पाइने बताइन्छ । यो आलुको बोक्रा पनि फाइदाजनक हुन्छ । यो आलु खानेहरूले यसमा कागती, नुन र ओखरको मिश्रित स्वाद भएको बताउँछन् । यो आलुबाट विशेष गरी सलाद, सस, सूप र क्रिम बनाइन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button