अन्तर्बार्तागुड न्यूज 24मुख्य समाचारसफल कथासमाचार

२१ वर्षिय माहान्ताः घरबाट नै कपडा सिलाएर मासिक ३० हजार आम्दानी (भिडियो)

Gobal IME Bank

प्रिन्सु ढकाल

काठमाडौँ । भनिन्छ लक्ष्य प्राप्तीको लागि दृढ इच्छाशक्ति र संकल्पको आवश्यक पर्दछ । यदि हामी कुनै पनि कुरा प्राप्त गर्ने अठोट राख्छौँ भने यी दुई तत्व, दृढ इच्छाशक्ति र संकल्प अपरिहार्य हुन्छ ।

त्यसो त नेपाली समाजमा लक्ष्य तयको विषयमा अभिभावकले नै केहिहदसम्म बाटो देखाईदिने काम गरिरहेको पाउँछौ, तर पछिल्ला समयमा भने यो विषयमा अभिभावकहरु पनि निकै सचेत भएको देख्छौं। आजभोली आफ्नो भविष्य र लक्ष्यबारेमा युवा युवतीहरु नै सचेत भएका छन् । आफु भोलीको दिनमा कुन स्थानमा हुने र आफ्नो भविष्यलाई कसरी सुदृढ गर्ने भन्ने विषयमा यसरी युवा युवतीहरु नै केन्द्रित रहेर सोच्न थाल्नु राम्रो कुरा पनि हो । जबसम्म हामी भोलीको दिनमा के गर्ने भन्नेबारेमा आफैले नै सोच्दैनौ तबसम्म हामी सधैं अरुले नै देखाएको बाटोमा हिँड्ने मात्र बन्दछौं ।

त्यस्तै दृढ इच्छाशक्ति र संकल्प बोकेर अघि बढेकी छिन् २१ वर्षिय माहान्ता श्रेष्ठ । पेशाले फेसन डिजाइनर उनी प्लस् टु सकेपछि फ्रि टाइममा घरमै आफ्नो लागि केही बनाउने विचार गरेर कपडाहरु बनाउन सुरु गरेको र त्यो आफूलाई एकदमै मन परेको बताउँछिन् । आफ्नो आमाको साथ र सहयोगबाट उनले अगाडि बढ्ने प्रेरणा पाएको बताउँछिन् । सुरुवाती दिनहरुमा भने उनले आफ्नो लागि मात्रै कपडा बनाउने गरेको र बिस्तारै आफ्नो यो प्यासनलाई पेशामा परिणत गरेकी हुन् ।

परिवारको साथ र सहयोग पनि एकदमै रहेको उनले बताइन् । ”सुरुमा त मम्मीले मलाई नयाँ राम्रा राम्रा साडीहरु नै दिनुभयो केही सिकोस भनेर, बाबाले पनि धेरै नै सर्पोट गर्नुहुन्छ केही नयाँ डिजाइन फेसबुक, टिकटकमा देख्नुभयो भने मलाई देखाउनुहुन्छ । भाई बहिनीले पनि केही नयाँ देख्दा कति राम्रो डिजाइन यस्तै बना न भनेर भन्छन्” उनले बताइन् । ”मोडलिङको लागि पनि घरबाटै मम्मी, दिदी,बहिनी र मैले नै गर्छु , जीउ अनुसार मिल्ने कपडाहरु लगाएर फोटो खिच्ने र इडिट गर्ने काम पनि मेरो भाइले नै गरिदिन्छ, सबैलै एकदमै सर्पोट गर्नुहुन्छ” उनले भनिन् ।

उनले अठार वर्षको उमेरदेखि नै आफूले यो कामको सुरुवात गरेको बताइन् । अहिले घरबाट अनलाइनबाट नै गर्दा केही गाह्रो पनि हुने गरेको उनले बताइन् । अनलाइमा कहिलेकाहीँ अर्डर क्यान्सल हुने, नराम्रो बोली गर्ने कस्टुमर पनि हुने बताइन् । यस्तो हुँदा कहिलेकाहीँ चित्त पनि दुख्छ तर धेरैजसो राम्रो कस्टुमरले प्रशंसा गरिदिनु हुँदा खुशी र अझै राम्रो गर्ने प्ररेणा मिल्ने उनले बताइन् ।

आफ्नै क्रियटिभिटीलाई फ्याब्रिकमा उतार्ने काम रहेको र त्यसको लागि आफूमा प्यासन, इन्टरेस्ट र हार्डवर्क निकै जरुरी हुने पनि बताइन् । सुरुमा त्यति धेरै अर्डर नआए पनि पछि फेसबुक पेज र टिकटकमा राखेपछि अझै धेरै र नयाँ ग्राहकहरु आएको कुरा पनि उनले बताइन् । उनले आफुले अनलाइनमा अर्डर लिँदा मेजरमेन्ट (नाप) को डिटेल पठाइदिने र त्यही अनुसार ग्राहकहरुले नाप पठाउने गरेको बताइन् । सिजन अनुसार राम्रो अर्डरहरु आएको समयमा उनले मासिक २० देखि ३० हजार कमाउने पनि बताइन् ।

हामीले चाहेमा जे पनि गर्न सकिन्छ भन्ने कुरा पनि सिकेको उनले बताइन् । ”आफू भित्र प्यासन हुनुपर्छ र आफ्नो प्यासनमा अगाडि बढेमा सफलता अवश्य नै पाइन्छ” , उनले भनिन् । आफ्नै बुटिक खोल्ने सपना रहेको पनि उनले बताइन् ।

यसरी सानै उमेरमा पनि युवा वर्गले गरेको यस्तो कार्य हामी सबैको लागि प्रेरणादायी बन्न सक्छ । लक्ष्य प्रप्तिको लागि दृढ इच्छाशक्ति र संकल्प गरेर अघि बढेमा हामी अवश्य नै सफल हुन्छौँ ।

 भिडियो हेर्नुहोस् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button