समाचार

बेसहाराका लागि सहारा बन्यो मानवसेवा आश्रम-Goodnews24

Gobal IME Bank

मोरङ, ७ माघ- ‘बेसहाराका लागि सहारा’ बन्दै मानव सेवा आश्रमले आफ्नो नाम अनुसार काम गरेको छ । मुख्य कार्यालय वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित आश्रम विसं २०६९ भदौ १३ गते पाँच सहयोगापेक्षीको सहारा बनी सञ्चालनमा आएको आश्रम ‘मानवीयताको कुनै सीमा हँुदैन’ भन्ने नाराका साथ सर्वोत्कृष्ट जीवन, शाश्वत चिन्तन र भातृत्वको आधारमा काम गरिरहेको छ ।
प्रदेश नं १ को राजधानी विराटनगरमा विसं २०७६ भदौमा विराटनगर– १० स्थित बहालका घरबाट स्थापित प्रदेश आश्रममा अहिले एक महिनाको बालकदेखि ९५ वर्षका नागरिकसहित २५२ सडक मानव, अपाङ्ग र असहायको बसोबास बनेको छ जसमा चार बालबालिका र ९२ महिला छन् ।
मुख्यतः बेसहारा एवं असहाय भई भोकभोकै सडक पेटीमा बसोबास गर्ने र भीख माग्नेलाई सहारा दिने उद्देश्यले आश्रममा राखिएको छ । भीख माग्ने पेशा बनाई कुलत सङ्गत भई सडकमा बसोबास गर्नेलाई पनि आश्रय दिने र अभिभावक भएकालाई परिवारको जिम्मा लगाउने गरिएको छ । सो कार्यमा स्थानीय निकायको सूचना एवं सहयोगबाट सडक मानवलाई आश्रममा बसोबासका लागि ल्याउने गरिएको छ ।
विराटनगर–१० स्थित तीनटोलिया र विराटनगर –३ वन कार्यालय उत्तर रहेको भवनबाट गरीब, असहाय र सडक मानवको सेवा दिइएको छ । आश्रमले पुनः अर्को एक घर विराटनरमा –१ मा बहालमा लिई यही माघदेखि सञ्चालन ल्याउन लागिरहेको आश्रमका प्रदेश प्रमुख नवराज केसीले जानकारी दिनु भयो । आश्रम सञ्चालनमा रहेको तीनटोलियामा तीन कठ्ठा १० धुर, विराटनगर–३ मा एक कठ्ठा १० धुर र आगामी दिनमा सञ्चालन हुने नयाँ आश्रमको दुई कठ्ठा जग्गामा आश्रमको भवनमा क्रमशः २२ कोठा र १७–१७ कोठा छन् ।
आश्रमले गत पुस ७ देखि ११ गतेसम्म सञ्चालन गरेको मेची–महाकाली अभियान (नाना, छाना र खाना) विहीन अवस्थामा रहेका मोरङ, सुनसरी र झापा जिल्लाको राजमार्ग क्षेत्रमा रहेका असहाय, अपाङ्ग, सडक बालबालिका २५३ जनालाई उद्धार गरिएको छ । यसरी उद्धार गरिएकामा झापाका ७६, सुनसरीका १११ र मोरङका ६६ मध्ये विराटनगरका ४५ जना छन् । उद्धार गरिएकामध्ये १० बालबालिकालाई इटहरीस्थित खोजतलास अनुसन्धान इटहरी र नौ जनालाई काठमाडाँंै पठाइएको प्रमुख केसीले बताउनुभयो । अन्य सडक मानवलाई आश्रमको विराटनगर–३ र १० मा रहेको भवनमा राखिएको छ ।
उद्धार गरिएका अपाङ्गता भएकालाई विराटनगरस्थित आश्रममा राखिएको छ । प्रदेशका १४ जिल्लामध्ये मोरङ, सुनसरी, झापालगायत पहाडी जिल्ला तथा भारतीय सडक मानवलाई उद्धार गरी आश्रममा आश्रय दिइरहेका छन् ।
प्रदेश सरकार, स्थानीय निकाय र समाजसेवी एवं दाताको सहयोगबाट आश्रमको दैनिक कार्य सञ्चालन भइरहेको आश्रमले जनाएको छ । विराटनगर महानगरपालिकाले बहालमा लिएको दुई आश्रम भवनको मासिक रु दुई लाख २० हजार बहाल रकम व्यहोरिरहेको छ । प्रदेश सरकारले अन्य आश्रम सञ्चालन खर्चको ३० प्रतिशत भुक्तानी गर्ने गरेको आश्रमका प्रमुख केसीले बताउनुभयो ।
स्वदेशी दाताका सहयोगबाट सञ्चालित आश्रममा शर्तसहितको विदेशी सहयोग निषेध गरिएको छ । अहिलेसम्म आश्रममा बस्नेमध्ये १०० जनालाई पारिवारिक पुनःमिलन गराइएको छ जसमध्ये आठ महिला र अन्य पुरुष छन् । यसरी पुनःमिलन गराएकाहरुमा प्रदेश नं १ बाहेक कर्णाली र वाग्मती प्रदेशका समेत छन् । पुनःमिलन गराइएकोमध्ये छ वर्षदेखि मानसिक विक्षिप्त रुपमा रहनुभएकी झापा टुक्रेकी एक महिलालाई उनका श्रीमान्, छोरीको साथ भेटाउँदा भक्कानो छाडेर रोएको अहिले पनि सम्झना आइरहेको प्रमुख केसीले स्मरण सुनाउनुभयो ।
प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीयतामा सडक मानवलाई आफ्नो सरकार भएको अनुभूति गराउने मानवीय सेवालाई उच्च मनोबलका साथ सहयोग प्रदान गरिरहेको बताउनुभयो ।
सामाजिक विकासमन्त्रीसमेत रहनुभएका मन्त्री कार्कीले मुुलुकमा सडक मानवविहीन तुल्याई उनीहरुलाई ‘न्यानो ओछ्यानसहित भोको पे विहीन’ बनाउन सरकार आफ्नो कर्तव्यमा अडिग रहेको धारणा व्यक्त गर्नुभयो ।
आश्रममा बसोबास गर्नेहरुलाई पोषिलो खानेकुरा, चिया र नास्ताको प्रबन्ध मिलाइएको छ भने मौसमअनुसार लत्ताकपडा पनि व्यवस्था गरिएको छ । प्रदेशका निवर्तमान सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशलाई सडक मानवमुक्त बनाउन विभिन्न कार्यमार्फत सहयोग गरिएको बताउँदै सहज बसोबासका लागि ग्रामथानमा आश्रम निर्माणाधीन रहेको जानकारी दिनुभयो । उहाँले आश्रमले उद्धार गरिएका सडक मानवका लागि आवास, स्वास्थ्योपचारमा ध्यान केन्द्रित हुने बताउँदै सडक मानवमुक्त प्रदेश निर्माणमा सबैको सहयोग आवश्यक छ भन्नुभयो ।
विराटनगर महानगरपालिका प्रमुख भीमप्रसाद पराजुलीले विराटनगरलाई सडक मानवमुक्त बनाउनका लागि अभियानलाई निरन्तर सहयोग गरिने बताउनुभयो । जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेशप्रसाद पोखरेलले अशक्त, असहाय मानिसको उद्धारले मानव सभ्यताको सकारात्मक सन्देश समाजमा पैmलिँदा सडकमा मागेर जीविकोपार्जन कार्यको अन्त्य हुन्छ भन्नुभयो । आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले सातै प्रदेश सरकार, स्थानीय पालिका र सर्वसाधारण नागरिकको मुठ्ठीदानले आश्रम सञ्चालन भएको बताउनुभयो । उहाँले उद्धारलाई राजमार्गबाहेक अन्य क्षेत्रमा समेत निरन्तरता दिइने जानकारी दिनुभयो ।
प्रदेश सरकारले सडक मानव पुनःस्थापनाका लागि मोरङको ग्रामथान गाउँपालिकामा ११ बिघा क्षेत्रमा निर्माण भइरहेको आश्रम आगामी वैशाखदेखि सञ्चालनमा आउने भएको छ । उक्त गाउँपालिकाअन्तर्गत वडा नं ६ र ७ मा ७२ घर रु तीन करोड ५० लाखको लागतमा १० बिघा १४ कठ्ठामा निर्माण भइरहेको र सो स्थानमा मानवआश्रम, ज्येष्ठ नागरिक ग्राम र बालबालिक ज्ञान केन्द्र रहने बताइएको छ । बन्दाबन्दीपछिको समयमा महिनामा १५ देखि २० दिनसम्म खाना, फलफूल, लत्ताकपडालगायत सामान आश्रमलाई नागरिक तहबाट सहयोग भइरहेको प्रमुख केसीले जानकारी दिनुभयो ।
पछिल्लो समयमा सम्पन्न मानिसले वार्षिक पुण्यतिथि, जन्मोत्सव, विवाहको वार्षिकोत्सव, पास्नी, छोराछोरीले सफलता प्राप्त गरेको खुशीको दिनलगायत समयमा खाना, लत्ताकपडा प्रदान गर्नाले आश्रम सञ्चालनमा सहयोगमा पुगेको छ भने चकलेट, मिठाइबाहेक अन्य तयारी खाद्य सामग्री ल्याउन आश्रमले निषेध गरेको छ । दाताका लागि प्रतिव्यक्ति प्रतिछाक रु १०० र खाजाका लागि प्रतिव्यक्ति रु ५० दर कायम गरिएको छ ।
आश्रममा बसोबास गर्नेमध्ये ७० प्रतिशत राम्ररी बोल्न सक्ने अवस्थामा नरहेकाले उनीहको उचित रेखदेख र स्याहारसुसारमा आश्रमले विशेष ध्यान पु¥याएको छ । सडक मानवमुक्त बनाउन स्थानीय पालिकाले पनि सहयोग गर्दै आएको छ । यसका लागि झापाको दमक नगरपालिका, मोरङको सुन्दरहरैंचा नगरपालिका, कानेपोखरी र सुनसरीको इटहरी उपमहानगरपालिकाले आश्रममा सहयोग गरिरहेको बताएको छ । आश्रममा आश्रितमध्ये ३० प्रतिशतले भोक लागेको जानकारी दिने गरे पनि शौच गरेको थाहा नपाउने अवस्थाका छन् ।उनीहरुलाई सरसफाइ आदिका लागि आश्रमले आफ्ना स्वयंसेवकलाई खटाउने गरेको छ ।
मानसिक बिरामी रहेको आश्रितका लागि आवश्यक उपचारका लागि डा निकिश राजभण्डारीले आश्रममै पुगेर सेवा दिइरहनु भएको छ भने जटिल किसिमका बिरामीलाई कोशी अस्पताल, बालबालिकाको अस्पताल र नोबेल शिक्षण अस्पतालमा सःशुल्क उपचार गर्ने व्यवस्था आश्रमले गर्दै आएको छ ।
बन्दाबन्दी समयमा श्रमिक, सडक मानवलाई दैनिक बिहानबेलुका खाना खुवाउने अभियानमा जुटेका सामाजिक अभियानकर्मी वसिम आलमले आश्रममा बसोबास गर्ने, गरीब, बेसहारा र असहायलाई जाडोबाट बचाउन न्यानो लुगा र खाद्य सामग्री प्रदान गरिरहेको छु भन्नुभयो ।
विराटनगर–१५ का इन्दु सुब्बाले आफ्ना श्रीमान्को वार्षिक पुण्यतिथिमा आश्रमममा एक छाक खाना खुवाउन पाउँदा ज्यादै सन्तुष्टि प्राप्त भएको प्रतिक्रिया दिनुभयो । आश्रमलाई सहारा नेपाल(राकुस) झापा बिर्तामोडले रु तीन लाख मूल्य बराबरको न्यानो कपडा र वल्र्ड लिङ्कले इन्टरनेट सेवाले कपडा सहयोग गरेको छ ।
यसैगरी गत पुस ७ गतेदेखि सञ्चालन भएको मेची महाकाली सडक मानव उद्धार अभियानअन्तर्गत यही माघ ६ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतसम्म ५३० सडक मानवलाई उद्धार गरेको आश्रमका केन्द्रीय कार्यालय हेटौंडाका अभियानकर्मी मनोज घिमिरेले जानकारी दिनुभयो । आश्रमले सात प्रदेशका १५ जिल्लाका २२ स्थानमा असहयाय, सडक मानवलाई व्यवस्थित बसोबास कार्य गरिरहेको छ ।
आश्रमले प्रदेश नं १ अन्तर्गत मोरङको विराटनगरमा हाल दुई, प्रदेश नं २ को सर्लाहीको हरिवन, पर्साको वीरगञ्ज, वाग्मती प्रदेशको सामाखुशी र बूढानीलकण्ठ, ललितपुरको हात्तीवन, नागदह, भक्तपुरको कौशलटार, हेटौंडाका वडा नं २ र ९ मा रहेको आश्रममा उद्धार गरिएकालाई व्यवस्थापन गरेको छ ।
यसैगरी चितवनको भरतपुर वाइपास रोड, गण्डकी प्रदेशका गोरखा बजार, बागलुङ बजार, लमजुङ्को बेंसीशहर नगरपालिका, कास्कीका पोखरा छोरेपाटन र हेम्जा, प्रदेश नं ५ अन्तर्गत रुपेन्द्रहीको बुटवल सुख्खा नगरमा दुई स्थानमा आश्रम सञ्चालन गरिएको अभियानकर्मी घिमिरेले बताउनुभयो । यस्तै कर्णाली प्रदेशअन्तर्गत सुर्खेतको वीरेन्द्र नगरपालिका र सुदूरपश्चिमको कैलाली जिल्लाको धनगढीमा गरी जम्मा एक हजार ६५० जनाले असहाय एवं सडक मानवले आश्रय लिइरहेका छन् । आश्रमको मुख्य कार्यालय हेटौंँडा–९ मा उद्घाटन हुने अवस्थामा रहेको २६ कोठे भवनमा २०० सडक मानवलाई बसोबास अभियन्ता घिमिरेले जानकारी दिनु भयो । आश्रममा १२० स्वयंसेवक अभियानकर्मीले सेवा प्रदान गरिरहनुभएको छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button