मुख्य समाचारशिक्षा स्वास्थसमाचार

एक दिनमा कति मासु खानु उपयुक्त ?

Gobal IME Bank

एजेन्सी । हामी मिठो स्वाद र प्रोटिनयुक्य खानेकुराको रुपमा मासु खान्छौं । माछा, मासुबाट शरीरलाई चाहिँने प्रोटिन र उर्जा मिल्दछ । तर मासु खाँदा ध्यान दिनु पर्ने कुराहरु पनि धेरै हुन्छन् जुन हामीले जानेनौं भने शरीरलाई असर गर्न सक्छन् ।

मासु खाँदा ध्यान दिनुपर्ने कुराहरु:

  • एउटा जवान मान्छेले एक दिनमा २५० ग्राम सम्म मासु खान राम्रो हुन्छ । एक किलोग्राम तौल भएको मान्छेको लागि एक ग्राम प्रोटिन आवश्यक हुन्छ । दुई सय ५० ग्राम खसीको मासुमा सरदर ५० देखी ५५ ग्राम प्रोटिन हुन्छ र थप प्रोटिन अन्य खानाबाट पाइन्छ ।
  • मधुमेह, उच्चरक्तचाप, मृगौलामा समस्या, कोलेस्ट्रेरोल बढी भएका व्यक्तिले बोसो नभएका मासु सके सम्म उसिनेर खानु राम्रो हुन्छ । उसिनेको मासुमा हल्का जिराको धुलो र कागती राखेर खानु फाएदाजनक मानिन्छ ।
  • मासु खाएपछि शरीरलाई हलचल गराउनु वा व्यायम गर्नु राम्रो हुन्छ । त्यसो त शरीरका लागि नियमित रुपमा ४५ मिनेट जति हिडनु राम्रो हुन्छ । मासु खाएका बेला पनि सो प्रक्रियालाई थप्न सकिन्छ ।
  • ग्यास्टिक भएका मानिसहरुको लागि सकभर उसिनेको वा रसयुक्त मासु खान लाभदायी हुन्छ ।
  • मासु खाइसकेपछि असहज महसुस भएमा कागती पानी वा ज्वानो पानी खान सकिन्छ । यसले असहजता हटाउन मद्धत गर्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button