Grace Computer Jawalakhel
गुड न्यूज 24मनोरञ्जनमुख्य समाचारसमाचार

भूकम्प प्रभावित टर्की र सिरियाका लागि मेसीले गरे ३५ लाख युरो सहयोग

काठमाडौं । विश्व च्याम्पियन अर्जेन्टिनाका कप्तान लियोनल मेसीले टर्की र सिरियाका भूकम्प पीडितलाई सहयोग गरेका छन् । फ्रेन्च क्लव पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड अर्जेन्टिनी खेलाडी मेसीले ३५ लाख युरो सहयोग गरेका हुन्।

टर्की र सिरियाका लागि मेसीले ३५ लाख युरो बराबरको मानवीय सहायता उपलब्ध गराएका हुन्।

मेसीले समाजिक सञ्जालमार्फत आफ्ना फलोअर्सलाई टर्की भूकम्पपीडित बालबालिकाका लागि युनिसेफलाई सहयोग गर्न आग्रह गरेका छन्।

‘टर्की र सिरियामा विनाशकारी भूकम्पबाट प्रभावित हजारौं बालबालिका र उनीहरूका परिवारहरूका लागि यो अत्यन्तै दुस्खद दिनहरू छन्,’ ३५ वर्षीय मेसीले भनेका छन्, ‘मेरो हृदय उनीहरूप्रति जान्छ। बालबालिकाको सुरक्षाको लागि सुरुदेखि युनिसेफले यस क्षेत्रमा काम गरिरहेको छ। तपाईँको सहयोग यसमा धेरै मूल्यवान हुनेछ।’

दक्षिणी टर्कीमा गएका दुई शक्तिशाली भूकम्पबाट हालसम्म ३३ हजारभन्दा बढीको निधन भइसकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
bless

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button