मनोरञ्जनसमाचार

पाकिस्तान किन आक्रोशित छ आफ्नै मुलुकको पहिलो मिस युनिभर्स एरिका रोबिनसँग

Miss Universe

Gobal IME Bank

कराँची सहरकी क्रिश्चियन २४ वर्षीया युवती एरिका रोबिनले आगामी मिस युनिभर्स सौन्दर्य प्रतियोगितामा गहिरो रुढिवादी पाकिस्तानको प्रतिनिधित्व गर्दैछिन् । माल्दिभ्समा हालै आयोजित मिस युनिभर्स पाकिस्तानको प्रतिस्पर्धामा रोबिन विजेता भएकी थिइन् ।

मिस युनिभर्स बहराइन र मिस युनिभर्स इजिप्टको फ्रेन्चाइज अधिकारको स्वामित्व लिने दुबईस्थित युगेन ग्रुपले उक्त प्रतिस्पर्धा आयोजना गरेको थियो । जसका लागि मिस युनिभर्स पाकिस्तान पेजेन्टले अत्यधिक संख्यामा आवेदन प्राप्त गरेको बताइएको थियो ।

मिस युनिभर्सको फाइनल आगामी नोभेम्बरमा एल साल्भाडोरमा हुँदैछ ।

‘पाकिस्तानको प्रतिनिधित्व गर्न पाउँदा आफूलाई महान् ठानेकी छु । तर यस्ता नकारात्मक प्रतिक्रिया कहाँबाट आउँदैछ मलाई थाहा छैन । मलाई लाग्छ कि यसको कारण म पुरुषले भरिएको कोठामा स्विमसुट लगाएर परेड गर्नेछु भन्ने सोचका हो,’ रोबिनले बीबीसीलाई बताइन् ।

उनको मनोनयनको आलोचना गर्नेहरु भन्छन् ‘रोबिन यस्तो मुलुकको प्रतिनिधित्व गर्दैछिन्, जुन मुलुक वास्तविक रुपमा प्रतिनिधित्व हुन चाहँदैन । विशेषगरी मुस्लिम बाहुल्य पाकिस्तानमा सौन्दर्य प्रतियोगिता विरलै हुने गरेको छ ।’

विश्वभरबाट पाकिस्तानी वंशका महिलाको लागि मिस पाकिस्तान वर्ल्ड सबैभन्दा प्रसिद्ध छ । यो पहिलो पटक सन् २००२ मा टोरन्टोमा आयोजना भएको थियो । तर सन् २०२० मा लाहोरमा सारियो । मिस पाकिस्तान युनिभर्सल, मिसेस पाकिस्तान युनिभर्सल र मिस ट्रान्स पाकिस्तान जस्ता विभिन्न संस्करण पनि देखिएको छ ।

प्रतियोगिताको ७२ वर्षको इतिहासमा पाकिस्तानले मिस युनिभर्सका लागि कहिल्यै प्रतिनिधि मनोनयन गरेको छैन ।

एरिका रोबिनले स्मरण गरेअनुसार जुम बैठकमा आयोजित प्रतियोगिताको दोस्रो छनोट राउन्डमा, उनलाई आफ्नो देशको लागि गर्न चाहेको एउटा कुराको बारेमा सोधिएको थियो । यसमा उनको जवाफ थियो– ‘म यो मानसिकता परिवर्तन गर्न चाहन्छु कि पाकिस्तान एक पिछडिएको देश हो ।’

यो मनोनयनलाई लिएर प्राप्त प्रतिक्रिया हेर्दा लाग्छ, उनका लागि केही कठिन अवश्य हुन सक्छ ।

तर मोडल, लेखक र पत्रकारले एरिका रोबिनलाई बधाई दिएका छन् । पत्रकार मारियाना बाबरले एक्स ९ट्वीटर०मा रोबिनको सौन्दर्य र बुद्धिको प्रशंसा गरेकी छन् ।

रोबिनलाई मोडलिङमा आउन प्रोत्साहित गर्ने पाकिस्तानी मोडल भानिजा अहमदले भनिन्, ‘जब यी पुरुषहरू ‘मिस्टर पाकिस्तान’ भनिने अन्तर्राष्ट्रिय प्रतियोगितालाई लिएर ठीक छन् भने उनीहरूलाई महिलाको उपलब्धिमा किन समस्या छ रु’

‘हामी धेरै विरोधाभास मुलुकका नागरिक हौँ । महिला र सीमान्तकृतले हामीलाई सबैभन्दा उत्प्रेरित गर्छन्,’ कराँचीमा बसोबास गर्ने लेखक र टिप्पणीकार रफे महम्मदले बीबीसीलाई भने ।

‘पाकिस्तान अधिनायकवादी राज्य हो र यसले कठोर पितृसत्तात्मक मूल्यलाई संस्थागत र सामाजिक रूपमा बलियो तुल्याउँछ । एरिका रोबिन र उनले सामना गरेको पुलिसिङ त्यसको विस्तार हो,’ उनले थपे ।

तर कुनै समय उदार मुलुक थियो भन्ने कुरालाई बिर्सन हुँदैन । सन् १९५० देखि १९७० को दशकको उत्तरार्द्धसम्मको डन अखबारका प्रतिलिपिमा क्याबरे र विदेशी बेली डान्सर कराँचीस्थित डाउनटाउनका क्लबमा प्रदर्शन गर्ने विज्ञापन छापिएका छन् । यी रात्रि क्लबमा पार्टीका कार्यकर्ता, कूटनीतिज्ञ, राजनीतिज्ञ, एयर होस्टेस र युवा पटक–पटक जाने गर्थे ।

कराँचीको ऐतिहासिक मेट्रोपोल होटल पनि गायन र ज्याज प्रदर्शनको लागि लोकप्रिय थलो थियो । तर १९७३ मा पाकिस्तानको संसदले एक संविधान बनायो जसले देशलाई इस्लामिक गणतन्त्र र इस्लामलाई राज्य धर्म घोषणा गर्‍यो ।

चार वर्षपछि सैन्य नेता जनरल जिया उल(हकले प्रधानमन्त्री जुल्फिकार अली भुट्टोको सरकारलाई हटाए । इस्लामिक कानुन लागू भएको र पाकिस्तानी समाजमा आमूल परिवर्तन भएकाले कार्यकर्ता र वकिलले एक दशकपछिको घटनालाई ‘कडाको अवस्था’ भनेका छन् ।

सन् १९८० को मध्यमा, जनरल जियाले इस्लामिक कानूनप्रति आफ्नो प्रतिबद्धता देखाउन सार्वजनिक कोर्राको पुनः थालनी गरे ।

आज नाइटक्लब र बार चल्न छाडेको लामो समय बितेको छ । मेट्रोपोल होटेल भत्किने खतरामा छ जस्तो देखिन्छ । सडकको तल, सुरुमा क्यासिनो मानिने कंकालको संरचना पनि बेवास्ता गरिएजस्तो छ ।

तर स्वतन्त्र, अधिक सहिष्णु पाकिस्तानको चाहना हटेको छैन र सुश्री रोबिन के स्वीकार्य र के होइन भन्ने सीमालाई जोड्नेमध्ये एक पात्र बनेकी छन् । सेन्ट प्याट्रिक हाई स्कुल र गभर्नमेन्ट कलेज अफ कमर्स एण्ड इकोनोमिक्सको स्नातक रहेकी उनले कुनै गल्ती नगरेको कुरामा आफू अडिग रहेको बताएकी छन् ।

उनले भनिन् ‘मैले विश्व प्लेटफर्ममा पाकिस्तानको प्रतिनिधित्व गरेर कुनै पनि कानुन तोडेको छैन । म यसको बारेमा कुनै पनि स्टिरियोटाइप हटाउनको लागि प्रयास गरिरहेको छु,’ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button