Grace Computer Jawalakhel
मुख्य समाचारसमाचार

मोटरसाइकल पछाडि बस्नेका लागि पनि हेल्मेट अनिवार्य गर्नेबारे छलफल सुरु

file photo

काठमाडौं । अब मोटरसाइकल पछाडि बस्नेका लागि पनि हेल्मेट अनिवार्य प्रयोग गर्नेबारे छलफल सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा यसबारे चर्चा भएको हो ।

सवारी तथा यातायात व्यवस्था ऐनमा सवारी चलाउँदा सुरक्षा पेटी तथा हेल्मेट लगाउनुपर्ने उल्लेख गरिएको छ । सोही ऐनको कार्यान्वयनका लागि प्रारम्भिक छलफल गरिएको मन्त्रालयले जनाएको हो ।

खासगरी मोटरसाइकलरस्कुटरमा पछाडि बस्ने यात्रुले र साइकल यात्रुले हेल्मेट नलगाउँदा दुर्घटना र जीवन जोखिममा प्रायः उनीहरू नै पर्ने गरेकाले यस विषयमा छलफल गरिएको उल्लेख छ।

सरकारले यसअघि मोटरसाइकल पछाडि बस्नेले पनि हेल्मेट अनिवार्य लगाउनुपर्ने नियम ल्याएको थियो तर विवाद सिर्जना भएपछि सो नियम कार्यन्वयन हुनसकेको थिएन् ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
bless

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button