अन्यसमाचार

सगरमाथाको बारेमा रोचक तथ्यहरु हेरौं

Gobal IME Bank

१. सगरमाथाको उचाई

सगरमाथाको उचाई ८८४८ मिटर रेकर्ड गरिएको छ । यसलाई नेपाल सरकारले आधिकारीक उचाईको रुपमा घोषणा पनि गरेको छ । सगरमाथाको उचाईको मापन सबै भन्दा पहिले सन् १८५६ मा गरिएको थियो त्यतिबेला सगरमाथाको उचाई ८८४० मिटर थियो ।

सन् २०२० मा पुन सगरमाथाको उचाई मापन गरिएको थियो । नेपाल र चिनले संयुक्त रुपमा सगरमाथाको नयाँ आधिकारीक उचाईको घोषण गरेको थियो । सन् २०२० मा सगरभाथाको उचाई ८८४८.८६ मिटर भएको घोषण गरिएको थियो ।

२. स्लिपिङ्ग ब्यूटि अफ माउन्ट एभरेष्ट

फ्रन्सिस आर्सेन्टिभलाई सगरमाथाको स्लिपिङ्ग ब्यूटि भनेर चिनिन्छ । सन् १९८८ मा उनी आफ्ना श्रीमान सँग सगरमाथा आरोहण गरेकी थिइन । सप्लिमेन्टरी अक्सीजन बिना सगरमाथाको चुचुरोमा पुग्ने उनी पहिलो अमेरिकन महिला हुन् तर अवतरणको क्रममा उनको मृत्यु भएको थियो । सगरमाथाको डेथ जोनमा तिन सम्म बेहोस अवस्थामा रहि मे २४ मा उनको मृत्यु भएको थियो । बेहोस अवश्थामा रहेकि आर्सेन्टिभलाई अरु आरोहीले मद्दत गर्न खोजे पनि असक्षम भएको कारण उनको मृत शरीरलाई डेथ जोनमा नै छोडिदिएका थिए । उनलाई देख्ने एक आरोहिले उनि त्यतिबेला स्लिपिङ्ग ब्यूटि जस्तै देखिएकी थिइन् अन्तरवार्तामा भने पछि आर्सेन्टिभको उपनाम स्लिपिङ्ग ब्यूटि अफ माउन्ट एभरेष्ट दिइएको थियो ।

३. सगरमाथामा मृत शरीर

सगरमाथामा २०० भन्दा बढि संख्यामा मुत शरीर छन् ।

४. एभरेष्ट नाम

सगरमाथाको अंग्रेजी नाम माउन्ट एभरेष्ट सन् १८६५ मा ब्रिटिस सर्भेयर कर्णेल सर जोर्ज एभरेष्टको नाममा नामाकरण गरिएको थियो । उनले १३ वर्ष लगाएर सबैभन्दा अग्लो चुचुराको सर्वेक्षण गरेका थिए ।

५. सगरमाथामा प्याराग्लाईडिङ

सामान्य अवस्थामा सगरमाथाको चुचुरोबाट तल झर्न ३ दिन लाग्छ तर सन् २०११ मा दुई नेपालीहरु प्याराग्लाईडिङको सहायताले ४८ मिनेटमा तल झरेका थिए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button