शिक्षा स्वास्थसमाचार

के हो बालबालिकामा देखिने हाँडे रोग ?

Gobal IME Bank

एजेन्सी । अहिले काठमाडौं आसपासका क्षेत्रमा बच्चाहरुमा हाँडे रोगको समस्या बढ्दै गएको पाइएको छ। हाँडे रोगलाई गल्फुलो र मम्प्स पनि भनिन्छ।

यो पारमिक्जो भाइरसबाट सर्ने एक भाइल संक्रमण हो। एक संक्रमित व्यक्तिले खोक्दा वा हाँच्छ्यु गर्दा निस्कने पानीका स–साना फोका, र्‍याल तथा पिसाबको माध्यमबाट सर्ने गर्दछ। जुनसुकै उमेरमा देखिने भएपनि खोप नलगाएका ५ देखि १५ वर्षमुनिका बच्चामा यो रोग बढी देखिने गर्छ।

कतिपयमा लक्षण नदेखिन पनि सक्छ भने प्रायमा सुरुमा एकपट्टी र्‍याल ग्रन्थी (प्यारोटिड ग्रन्थी) सुन्निने यो प्राय ७० देखि ९० प्रतिशत दुवै पट्टी हुने गर्छ। ज्वरो आउने, गाला सुन्निने, कान दुख्ने, खाना खान वा चपाउन गाह्रो हुने गर्छ। तितो वा अमिलो खाँदा दुखाई बढ्ने हुन्छ। यो रोगले र्‍याल ग्रन्थी, अण्डकोष, स्नायु प्रणाली, प्यानक्रियाजमा असर गर्छ भने केहीमा थाइराइड, मुटु, मिर्गौला, कलेजो तथा जोर्नीमा पनि असर पर्ने गर्छ।

गाला सुन्निनु, एक दिन अघिदेखि पाँच दिनसम्म एक व्यक्तिबाट अर्कोमा सार्ने सम्भावना एकदम बढी हुन्छ। एक जना संक्रमित व्यक्तिले दश जना व्यक्तिमा कम्तीमा चार देखि आठ जनालाई सार्न सक्ने क्षमता हुन्छ। त्यसैले संक्रमित व्यक्तिलाई चिकित्सकको सल्लाह अनुसार कम्तीमा पनि पाँच दिन घरमै आइसोलेसनमा राख्नुपर्ने हुन्छ।

समुदाय तथा विद्यालयमा फैलिन थालेमा चिकित्सकको सल्लाहमा एक महिनाको फरकमा हाँडे विरुद्धको खोपको दुई डोज दिन सकिन्छ। पहिलो मात्राले ७८ प्रतिशत र दोस्रो खोपको मात्राले ८८ प्रतिशत काम गर्ने तथ्यांकले देखाएको छ। तर संक्रमति भइसकेपछि खोप लगाउनु उपयुक्त नहुन सक्छ।

यो एक भाइरल संक्रमण भएकाले प्राय केशमा अनावश्यक एन्टीबायोटिकको प्रयोग गर्नु पनि हुँदैन। टेप टालेर पनि केही फरक नपर्ने भएकाले विज्ञानमा टेपको प्रयोग गरिदैन बरु मन तातो पानीमा कपडा चोपेर गाला सुन्निएको ठाउँमा सेक्न सकिन्छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button