मुख्य समाचारसमाचारसूचना प्रविधि

च्याउले पनि गर्छन् मानिस जस्तै कुराकानी, ५० वटा शब्द आफ्नै भाषामा !

Gobal IME Bank

एजेन्सी । च्याउमा गरिएको रिसर्चमा नयाँ नयाँ खुलासा भईरहेको छ । युनिभर्सिटि अफ क्विन्सल्याण्डले गरेको स्टडी अनुसार केहि प्रकारको च्याउमा नर्भ ग्रोथमा लगातार काम गरिरहेको हुन्छ । यसप्रकारको च्याउ खान पनि मिल्छ ।

रुख र बोटविरुवाहरु जिवित हुन्छन् भन्ने कुरा हामीले पढेको छौ तर च्याउ जिवित मात्र नभई एक अर्का सँग कुराकानी पनि गर्न सक्छन् । च्याउले आफ्नो जरा र नसाहरुको मद्दतले यो काम गर्छन् जसलाई माईसेलियम भनिन्छ । च्याउ सँग आफ्नो मस्तिष्क हुन्छ जसको कारणले गर्दा उनीहरुमा महसुस गर्ने क्षमता पनि हुन्छ ।

क्विन्सल्याण्ड युनिभर्सिटिको अध्ययनबारे हालै जर्नल अफ न्युरोकेमेस्ट्रिमा छापिएको छ । हेलिसियम एरिसिनासिस नामको च्याउमा एक किसिमको प्रोटिन हुन्छ जसले नर्भ ग्रोथमा काम गर्छ यो प्रोटिनलाई न्युरोट्रोफिन भनिन्छ । यो प्रोटिन हामीले सेवन गर्दा हाम्रो ब्रेन डेभलपमेन्टमा पनि मद्दत गर्छ ।

न्युरोट्रोफिन प्रोटिनले न्युरोनको स्वास्थ्यको ख्याल राख्ने काम गर्छ । यसले न्युरोनको विकास गर्नुका साथै न्युरोनलाई मेनटेन गर्ने कार्य पनि गर्छ । यो प्रोटिन च्याउको जरामा एक अर्का सँग जोडिएर रहेको हुन्छ र लगातार न्युरोनको विकास पनि गरिरहेको हुन्छ । यो प्रोसेस मानव शरीरको मस्तिष्कमा हुने प्रोसेस जस्तै हुन्छ । हाम्रो मस्तिष्कमा पनि न्युरोट्रोफिन्सले मस्तिष्कको विकासमा अहम भुमिका निभाई रहेको हुन्छ । यसलाई ब्रेन डिराइभ्ड न्युरोट्रोफिक फ्याकटर भनिन्छ ।

ब्रेन डिराइभ्ड न्युरोट्रोफिक फ्याकटरको कमी भएको व्यक्तिको मस्तिष्कको सहि रुपमा विकास हुन पाउँदैन वा गढबढिको कारणले गर्दा विभिन्न समस्या मस्तिष्कमा आउने गर्छ । अल्जाइमर र रेट सिन्ड्रोमको बिरामीमा यस प्रोटिनको कमी भएको पाइन्छ ।
खान मिल्ने च्याउको विभिन्न प्रजातिको च्याउमा हुने यो प्रोटिनले लगातार न्युरोनको विकासमा काम गरिरहेको हुन्छ । एसियाको प्राय राष्ट्रहरुमा खाने गरिएको लायन्स मेन नामको च्याउ मस्तिष्क सम्बन्धित रोगीहरुलाई खान दिने चलन रहेको छ । जसले ब्रेन डेभलपमेन्टमा मद्दत गर्छ ।

च्याउले कस्तो भाषामा कुराकानी गर्छ ?
वैज्ञानिकहरुले बताए अनुसार च्याउले लगभग ५० वटा शब्द बोल्न सक्छन् यो उनीहरुको आफ्नै भाषा हो जसको माध्यमबाट उनीहरु आफ्नो अस्तित्वको बारेमा एकअर्कालाई जानकारी दिने गर्छन् । उनिहरुको हरेक शब्दको लम्बाई करिब साँढे पाँच अक्षरको हुन्छ । इलेक्ट्रिकल इम्पल्स अथवा विद्युतीय तरंगको माध्यमबाट उनीहरु एक अर्कालाई शब्द पठाउने गर्छन् यसको माध्यमबाट उनीहरु मौसमी खतराको बारेमा एक अर्कालाई जानकारी दिने गर्छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button