मुख्य समाचारसमाचार
गर्भवतीलाई अण्डा र भाले उपहार
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले महिला स्वास्थ्यबारेमा सचेतनामुलक कार्यक्रम आयोजना स्वरुप एकदमै फरक किसिमको तरिका अपनाएको छ ।
नियमित स्वास्थ्य परीक्षण गराउन जाने गर्भवती महिलालाई अण्डा र भाले उपहारस्वरुप दिँदै गाउँपालिकाले यो कार्यक्रमको सुरुवात गरेको हो ।
गर्भावस्थाको समयमा महिलाहरुलाई पोषणयुक्त खानेकुराहरु आवश्यक रहेको र नियमित स्वास्थ्य परीक्षण गराउनेबारे सचेतनामुलक कदम गाउँपालिकाले चालेको हो ।