Grace Computer Jawalakhel
मुख्य समाचारसमाचार

कसरी गाउने राष्ट्रिय गान ? छातीमा हात राख्न नपर्ने

काठमाडौं । अबदेखी राष्ट्रिय गान गाउँदा छातीमा हात राख्न नपर्ने भएको छ ।

यसअघि हामीले औपचारिक कार्यक्रमहरूमा राष्ट्रिय गान गाउँदा आफ्नो हात छातीमा राखेर सम्मान गर्दै गाउँने गरेका थियोैं तर राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ आएसंगै कुनैपनि औपचारिक कार्यक्रमहरूमा राष्ट्रिय गान गाउँदा वा राष्ट्रिय धुन बजाउँदा अति विशिष्ट तथा विशिष्ट व्यक्ति वा सार्वजनिक ओहोदामा पदाधिकार रहेका वा नरहेका सर्वसाधारण सबैले हात तल झारी, खुट्टाका कुर्कुच्चा जोडी अगाडिका औंलातिरका दुई खुट्टाले ‘भी’ आकार बनाएर सतर्क अवस्थामा उभिएर शीर ठाडो गरी, छाती फराकिलो पारी उच्च र उल्लासपूर्ण आवाजमा राष्ट्रिय गान गाउनुपर्ने भएको छ ।

तर अपाङ्गता भएका व्यक्तिको हकमा भने शारीरिक अवस्था अनुसार सम्मान प्रकट गर्दै राष्ट्रिय गान गाउँन सकिनेछ । आइतबार बसेको राष्ट्रियसभाको बैठकबाट राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत भएको थियो ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button