गण्डकी । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तिमचरणमा आइपुग्दा विभागी टिम नेपाल आर्मी एक सय ७३ स्वर्णसहित अग्रस्थानमा छ । लगभग सबै पदकको छिनाफानो हुने क्रममा आर्मीले एक सय ३७ स्वर्णसहित कूल तीन सय ६९ पदक हात पारेको हो ।
नवौंँ राष्ट्रिय खेलको दोस्रो स्थान एपिएफले सुरक्षित गरेको छ ।
एपिएफले ६२ स्वर्णसहित दुई सय १८ पदक हात पारेको छ भने नेपाल पुलिस ६१ स्वर्णसहित एक सय ९३ पदक जित्दै तेस्रो स्थानमा छ ।