मनोरञ्जनसमाचार

चलचित्र ‘जुलेबी’ को टिजर सार्वजनिक

Julebi Teaser release

Gobal IME Bank

काठमाडौँ। चार महिलाको प्रेमकथामा आधारित फिल्म ‘जुलेबी’ भाद्र १ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले टिजर सार्वजनिक गरेको छ । एक मिनेट दश सेकेन्डको टिजरमा लभ र रोमान्सका दृश्यले प्राथमिकता पाएको छ ।

उषा रजक, सुरक्षा पन्त, नीशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको अभिनय रहेको फिल्म एन्थोलोजी जनरामा निर्माण भएको हो ।

फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । यसअघि उनले फिल्म मञ्जरी, गाजा बाजा निर्देशन गरेका थिए ।

चलचित्रमा विवेक खड्काको छायांकन र अन्जय खड्काको सम्पादन रहेको छ भने चलचित्रको निर्माता आभा शर्मा नेपाल हुन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button