मनोरञ्जनसमाचार

उपसभामुख राना: बगान समाज परिवर्तन गर्ने चलचित्र

Nepali Movie

Gobal IME Bank

बुधबार साँझ आयोजित चलचित्र ‘बगान’ को विशेष प्रदर्शनीमा सहभागी हुँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले उक्त चलचित्रमार्फत एकल महिला, आमाको कथा, सङ्घर्ष, दायित्वसँगै परिवार र समाजबाट खोज्ने साथलाई देखाइएको बताइन् । समाज परिवर्तनमा पुरुष भूमिका विशेष हुने उनले बताइन् ।

उपसभामुख रानाले भनिन् “एकल आमाको भावनालाई चलचित्रमार्फत समाजसम्म पुर्याउने प्रयास गरिएको छ । समाज मात्र नभई आफ्नै परिवारबाट सहयोग नपाउँदा जीवन यात्रामा भोग्ने कठिनाई चलचित्रमार्फत उजार गरिएको छ”,। समाज रूपान्तरणमा पुरुषले महिलालाई साथ दिने मात्र नभई परिवर्तनकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।

“एकल आमाले नयाँ जीवन बाँच्न पाउनुपर्छ भन्ने तथ्यलाई प्रस्ट्याउँदै यसले समय परिवर्तन गर्न भूमिका खेल्छ”, उनले भनिन् ।

विशेष प्रदर्शनीमा चलचित्र ‘बगान’ हेर्न राजनीतिज्ञसँगै कलाकर्मीहरुको पन उपस्थिति थियो । चलचित्र हेरेपछि अभिनेता रमेश उप्रेतीले आफूले केही दृश्यमा आँसु रोक्न नसकेको प्रतिक्रिया दिए । उनले भने “यसमा कथ्यशैलीसँगै हरेक कलाकार आफूलाई सुहाउँदो भूमिकामा प्रस्तुत हुनुभएको पाए । अभिनेता सरोज खनालको भूमिका महत्वपूर्ण रहेको पाए ।”

अभिनेत्री करिश्मा मानन्धरले चलचित्रको कथा मन परेर नै अभिनयसँगै निर्माणमा सहकार्य गरेको बताइन् । “यसमा मेरो र मेरो आमाको कथासमेत पाइन्छ । यसले समाज र परिवारको कारण आफूलाई स्वतन्त्र हुनबाट रोकिरहेका एकल आमालाई जीवन बाँच्ने प्रेरणा दिन्छ । म प्रतिनिधि पात्र मात्र हुँ,” उनले दर्शकलाई परिवारका साथमा चलचित्र हेर्न आग्रह गरिन् ।

यस चलचित्रमार्फत अभिनयको सुरुआत गरेकी अभिनेत्री प्रमिला कार्कीले पहिलो दर्शक नै चलचित्रकर्मी बन्दा उत्साह र डर दुवै रहेको बताइन् । उनले भनिन्, “निकै हिम्मत जुटाएर अग्रज कलाकारसँग बसेर आफूलाई पर्दामा हेरे । उहाँहरूले दिनुभएको प्रतिक्रियाले उत्साहित छु ।”

चलचित्रका गीतकार सुरेश वाग्लेले कथालाई अगाडि बढाउन गीतले भूमिका खेलेको बताए । तीन दशकको अभिनयको अनुभव सङ्गाल्दै निर्देशक बन्नुभएका अभिनेता खनालले आफूलाई कथावाचक भन्न रुचाए । उनले भने, “मैले त कथा र पात्रलाई भेट गराए । बाँकी काम उहाँले नै गर्नुभयो । यसलाई स–परिवार हेर्न म आग्रह गर्दछु ।”

चलचित्रमा आकाश श्रेष्ठ, नीर शाह, वसुन्धरा भुसाल, मिथिला शर्मालगायतका कलाकारको अभिनय रहेको छ । स्वप्निल नीरवको कथामा तयार भएको उक्त चलचित्रमा गौरीशङ्कर धुजुले छायाङ्कन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायाङ्कन, सन्देश शाहले सम्पादन तथा रेनिश फागोले रङ्ग संयोजन गर्नुभएको छ । चलचित्र यही असार २९ गते शुक्रबार देखि प्रदर्शन हुँदैछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button