मनोरञ्जनमुख्य समाचारसफल कथासमाचार

एक सय रुपैयाँ लिएर काठमाडौँ छिरेका अमृत गुरुङको ‘नेपथ्य’ को कथा

Gobal IME Bank
photo credit: Nepathya

काठमाडौँ । नेपालको चर्चित ब्यान्ड हो ‘नेपथ्य’ । यो सांगीतिक समुहको प्रमुख गायक अमृत गुरुङ हुनुहुन्छ । यो ब्यान्डको छेक्यो छेक्यो देउराली डाँडा , तालको पानी र सा कर्णाली जस्ता गीतहरु निकै चर्चित छन् । नेपथ्य पोखरेली ब्यान्ड हो र यसको स्थापना वि.सं २०४८ मा भएको हो । यो ब्यान्डको स्थापना दिपक राणा, भिम पुन र अमृत गुरुङ ले गर्नु भएको थियो । ब्यान्डको नाम दिपक राणाले तय गर्नु भएको थियो ।

कलेज पढ्ने समयमा आफ्नो बाल्यकालको साथी दिपकले उत्प्रेरित गरेको कारण नेपथ्यको स्थापना भएको थियो । आफ्नो साथी बिग्रेला भन्ने चिन्ताको कारणले गर्दा दिपकले पोखरामा रहनु भएको अमृत गुरुङलाई काठमाडौँ बोलाउनु भएको थियो । अरु साथीहरुबाट अर्थिक सहयोग नपाउनु भएको अमृतले आमाले दिनु भएको १०० रुपैया लिएर सन् १९९० मा काठमाडौँ आउनु भएको थियो । काठमाडौँ आए पछि उहाँले फेरि कलेज पनि जोइन गर्नु भएको थियो । जीवनको कठिन समयमा साथ दिने र बचाउने प्रमुख व्यक्तिको रुपमा अमृत आफ्नो साथी दिपकलाई सम्झनुहुन्छ।

युवा अवस्थामा साथी साथी मिलेर स्थापना भएको नेपथ्य ब्यान्डलाई दिगो समय सम्म निरन्तरता दिने सोच भने सुरुवातमा थिएन । केही समय म्युजिकमा लागेर पछि आफ्नै आफ्नै बाटो लाग्ने सोच ब्यान्डको मेम्बरहरुको थियो ।

लोकभाकामा आधारित रहेर संगीत सिर्जना गर्ने यो ब्यान्ड लामो समयसम्म म्युजिक इन्डिस्ट्रीमा रहने वा स्थापित हुने सोच पनि नभएको ब्यान्ड ‘नेपथ्य’ आजसम्म पनि युवाहरुको लोकप्रिय ब्यान्डको रुपमा स्थापित छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button