समाचार

ड्रोनबाट लकडाउन निगरानी – GoodNews24

Gobal IME Bank

कञ्चनपुर । भीमदत्त नगरपालिकामा लकडाउन पालना गराउन ड्रोन गस्ती शुरु गरिएको छ । भीमदत्त नगरपालिकाका १९ वटै वडामा ड्रोन गस्ती गरी लकडाउनको निगरानी बढाइएको छ ।

रोबोटिक एशोसिएशन आफ नेपाल इञ्जिनीरिङ र नगरापलिकाबीच लकडाउन निगरानीका लागि ड्रोन गस्ती गर्ने सम्झौता अनुसार आजदेखि ड्रोन गस्ती शुरु गरिएको हो । नगर प्रमुख सुरेन्द्र विष्टले नगर क्षेत्रमा लकडाउन पालनाको अवस्थाबारे जानकारी लिन ड्रोन गस्ती शुरु गरिएको बताउनुभयो । उहाँले लकडाउन उल्लङ्घन गरिएको पाइएमा तत्कालै निर्देशनसमेत दिइने बताउनुभयो ।

कोरोना भाइरस रोकथामका लागि पूरै नगर लकडाउन गरिएको छ । नगरपालिकामा लकडाउन पालना भए नभएको के छ भनेर ड्रोनबाट जानकारी लिन शुरु गरिएको नगर प्रमुख विष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कही कतै उल्लङ्घन गरिएको पाइएमा तत्काल पालना गराउन निर्देशनसमेत दिन्छौँ ।” ड्रोन गस्तीका आधारमा लकडाउन पालनालाई प्रभावकारी बनाउन स्थानीय प्रशासनसित सहकार्य र समन्वयको कार्य गरिएको नगर प्रमुख विष्टले बताउनुभयो ।

गस्तीका क्रममा नगरपालिकाका कुनै स्थानमा भीडभाड देखिएमा ड्रोनबाटै हट्न निर्देशन दिइने र सूचना प्रवाहसमेत गरिने भएको छ । रोबोटिक एशोसिएशन आफ नेपाल इञ्जिनीरिङका सुदूरपश्चिम शाखाका अध्यक्ष दीपक विष्टले नगरपालिकासित गरिएको सम्झौताअनुसार ड्रोन गस्ती गरी लकडाउनको अवस्थाबारे जानकारी लिने कार्य थालिएको बताउनुभयो ।

नेपालमै पहिलोपटक भीमदत्तमा ड्रोनबाट लकडाउन निगरानी गरिएको छ । ड्रोन गस्तीबाट लकडाउन निगरानीमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय इञ्जिनीयरिङ सङ्कायका विद्यार्थीले समेत सहयोग गरेका छन् । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका इञ्जिनीयरिङ सङ्कायका विद्यार्थी लोचन कार्कीले ड्रोन गस्तीले नगरपालिकामा लकडाउन पालना प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो । नगरपालिकामा पाँच दिनसम्म ड्रोन गस्ती गरिनेछ ।

GudNews24 निरन्तर सकारात्मक सन्देश…
यो पनि पढ्नुहोस् …
[irp posts=”5554″] [irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button