समाचार

नेपाली सेनाद्वारा नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर

Gobal IME Bank

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकामा नेपाली सेनाको जबरजङ्ग गणले आजदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । तारकेश्वर –४ स्थित बुधसिङमा आयोजित शिविरको उद्घाटन गर्दै गणका गणपति उदयबहादुर लामिछानेले सेनाले सधैँ नेपाली जनतामाझ सहयोगी मन र अपनत्वको भावना कायम राखी सहयोग गर्दै आइरहेको बताउँदै शिविरमा आफ्नो स्वास्थ्यबारे चिकित्सकलाई जाँच गराउन स्थानीयवासीलाई आग्रह गर्नुभयो ।
गाउँपालिकाका अध्यक्ष रमेश वस्ती र उपाध्यक्ष तारादेवी रिमालले वृद्धवृद्धा, अपाङ्गता र अशक्तहरु साधारण उपचारकै लागि लामो बाटो धाएर जिल्ला सदरमुकाम जान परिरहेका अवस्थामा घरआँगनमै निःशुल्क स्वास्थ्य शिविर आएकाले तारकेश्वरवासीलाई ठूलो राहत मिलेको बताउनुभयो । कार्यक्रममा गाउँपालिका –४ का वडाध्यक्ष राममणि अधिकारीले स्वास्थ्य शिविरमा सबै स्थानीय बासिन्दालाई आफ्ना रोगका बारेमा चिकित्सकलाई नलजाई, नडराई भन्न आग्रह गर्नुभयो । शिविरमा आज ८० महिला र ५४ पुरुषले उपचार सेवा लिएको वडा सचिव चन्द्रनिधि घिमिरेले जानकारी दिनुभयो । उपचार लिनेमा स्त्रीरोगका ३२ बिरामी थिए । शिविर शुक्रबारसम्म चल्ने जबरजङ्ग गणले जनाएको छ

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button