अन्यसमाचार

एनआईसी एशिया बैंकको सीईओमा न्यौपाने पुनः नियुक्त

Gobal IME Bank

काठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा रोशन कुमार न्यौपाने पुनः नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको ५७३ औं बैंठकले न्यौपानेलाई बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त गरेको हो।

बैंकको सञ्चालक समितिले मंसिर १५ गतेदेखि लागू हुनेगरी थप ४ वर्षको अवधिको लागि पुनः प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

न्यौपाने सन् २००८ अप्रिलदेखि तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका थिए । प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए ।

३८ वर्षको उमेरमा नै नेपालको अग्रणी वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि उनी मुलुकको सबैभन्दा ‘कान्छो सीईओ’ को रुपमा समेत चर्चित भएका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button