शिक्षा स्वास्थसमाचार

अक्टोबर १० ‘विश्व मानसिक स्वास्थ्य दिवस’

Mental Health

Gobal IME Bank

हरेक वर्ष अक्टोबर १० मा विश्व मानसिक स्वास्थ्य दिवस मनाउने गरिन्छ । वर्ल्ड फेडरेसन अफ मेन्टल हेल्थ नामक संस्थाको अगुवाइमा सन् १९९२ देखि यो दिवस मनाउन सुरु गरिएको थियो ।सन् १९९४ देखि भने यो दिवस नारा सहित मनाउन सुरु गरिएको हो । विश्वभरि नै मानसिक स्वास्थ्य सेवाको गुणस्तर सुधार (इम्प्रुभिङ द क्वालिटी अफ मेन्टर हेल्थ सर्भिस थ्रुआउट द वर्ल्र्ड ) विश्व मानसिक स्वास्थ्य दिवसको पहिलो नारा थियो । त्यसपछि हरेक वर्षहरू नयाँ-नयाँ नाराको साथ यो दिवस मनाउँदै आइएको छ ।

त्यसै क्रममा सन् २०२३ को नारा ‘मानसिक स्वास्थ्य विश्वव्यापी मानवअधिकार हो (मेन्टल हेल्थ इज युनिभर्सल हृयुमन राइट्स) भन्ने नारा तय गरेको छ ।

मानव जीवनमा मानसिक स्वास्थ्यनिकै महत्वपूर्ण हुन्छ यो कुरा यस वर्षको मानसिक स्वास्थ्य दिवसको नाराबाट महसुस गर्न सकिन्छ । युनिभर्सल हृयुमन राइट्स अर्थात् विश्वव्यापी मानवअधिकार सन् १९४८ मा संयुक्त राष्ट्रसंघले प्रतिपादन गरेको मानवअधिकारको विश्वव्यापी घोषणाको मर्म र उद्देश्यसँग जोडिएको छ । यो दस्तावेजको धारा २५ मा स्वास्थ्यको विषय र अधिकारलाई उल्लेख गरिएको छ । त्यसैगरी यो नाराको मर्म र उद्देश्य ‘अपाङ्गता भएका व्यक्तिहरूका अधिकार सम्बन्धी महासन्धि यूएनसीआरपीडी २००६ को धारा २५ को प्रावधानसँग पनि जोडिएको छ ।

नेपालको जनस्वास्थ्य ऐन २०७५ ले मानसिक स्वास्थ्य सेवालाई सबैलाई प्रदान गर्ने भनेको छ । यसको उद्देश्य मानसिक स्वास्थ्यको उपचार खोज्ने मात्र हैन, यो समस्या समाधानको लागि प्रवर्द्धनात्मक र रोकथाममूलक कार्य गर्न आवश्यक छ ।

विश्वव्यापी मानवअधिकारले मानिसको राष्ट्रियता, जाति, लिंग, धर्म वा अन्य कुनै पनि पहिचानलाई आधमर जमानी मानवको रूपमा पाउने आधारभूत अधिकार र स्वतन्त्रतालाई बुझाउँछ । यो मानव जातीको जन्मसिद्ध अधिकार हो । कुनै पनि व्यक्तिको मानवअधिकारलाई अन्तर्राष्ट्रिय सन्धि, सम्झौता तथा घरेलु कानुनहरू मार्फत रक्षा र सुनिश्चित गरिदै आइएको छ । यूएनसीआरपीडी र युडीएचआरले स्वास्थ्यको मात्र कुरा गरेको छ ।

यसपालिको वर्ल्र्ड फेडरेसन अफ मेन्टल हेल्थको नाराले मानसिक स्वास्थ्यलाई अन्य आधारभूत स्वास्थ्य बराबर मान्यता दिनुपर्ने कुरामा जोड दिएको छ । यो कुरालाई सबै गम्भीर भएर मनन गर्नु जरूरी छ । किनभने मानसिक स्वास्थ्यको कुरा नगरी मानिसको स्वास्थ्य अपूरो हुन्छ । व्यस्त जिवनमा जसलाई पनि कुनैबेला मानसिक स्वास्थ्य समस्याबाट गुज्रनुपर्ने हुनसक्छ । त्यसैले मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्यमा समायोजन गरेर लैजानुपर्छ ।

मानसिक स्वास्थ्य विश्वव्यापी मानव अधिकारको विषय हो । यसलाई जति सक्दो छिटो आत्मसात् गर्न आवस्यक छ । समाजमा विभिन्न अवरोधमा रहेका मानिसहरु सहजतापूर्वक जीवन बाँच्न पाउनुपर्ने अधारभुत अधिकार हो ।

मानसिक स्वास्थ्यको कारण र परिणाम फरक(फरक छन् । जैविक, मनोवैज्ञानिक तथा अन्य सामाजिक, सांस्कृतिक कारण व्यक्तिमा मानसिक स्वास्थ्य अवस्था सृजना हुनसक्छ । साथै हाम्रो वरपरको वातावरणीय स्थिति, शारीरिक स्वास्थ्य र मस्तिष्कको बनावट तथा कार्यले पनि मानिसमा मानसिक स्वास्थ्य समस्या देखिन सक्छ । विश्व स्वास्थ्य संगठनको अनुसन्धान अनुसार ५० प्रतिशत मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थाको अनुभव १४ नपुगेकाले गरेका हुन्छन् ।

अधिकांश मानिसमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या समाज , एक व्यक्तिले अर्को व्यक्तिलाई गर्ने व्यवहारको कारण उत्पन्न हुन्छ । मानसिक स्वास्थ्य समस्याबाट गुज्रिरहेका रहेकालाई सकारात्मक र सहयोगी व्यवहार गर्नुपर्छ ।

मानसिक स्वास्थ्यलाई हाम्रो समाजमा अन्धविश्वाससँग जोडेर हेर्ने गलत अभ्यास पनि देखिन्छ । उनीहरूले यसलाई श्राप वा पूर्वजन्मको परिणाम भनेर व्याख्या गर्छन् । यी सबै अन्धविश्वास हुन् । यिनै अन्धविश्वाससँग जोडिएका व्यवहारले मानसिक समस्या बढाउने गर्छ। तसर्थ मानसिक स्वास्थ्य न्यूनीकरणको लागि मानसिक स्वास्थ्य सामना गरिरहेको व्यक्तिको भन्दा बढी समाजको उपचार गर्न आवश्यक छ ।

मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थासँग जोडिएका अन्धविश्वास र गलत धारणलाई बदल्नुपर्छ । समृद्ध समाज बनाउन समाजमा रहेका मासनहरू स्वस्थ हुनुपर्छ । स्वस्थ रहनको लागि मानसिक स्वास्थ्य धेरै महत्वपूर्ण हुन्छ ।

मानसिक स्वास्थ्यलाई छुट्टै किसिमको रोग नभएर आधारभूत स्वास्थ्यमै एकीकृत गर्नुपर्छ ।

मानसिक स्वास्थ्यलाई सरुवा रोगमा राखेर बेवास्ता गरिंदै आइएको छ । मानसिक स्वास्थ्यको लागि छुट्टै विभाग स्थापना गर्नको लागि सर्वोच्च अदालतमा तीन वर्षअघि मुद्दा दायर गरिएको छ। यसको फैसला अझै पनि आएको छैन ।

मानसिक स्वास्थ्य तथा मनोसामाजिक अस्वस्थतामा रहेकाप्रति हाम्रो समाजको दृष्टिकोण सकारात्मक छैन । तर मानवअधिकारको विश्वव्यापी मान्यताले हरेक व्यक्तिलाई उसको आत्मसम्मान, मर्यादा र समानताको साथ व्यवहार गर्न भनेकोे छ । यी कुराहरू व्यक्तिका नैसर्गिक अधिकार हो । त्यो अर्थमा मानसिक स्वास्थ्य समस्यामा रहेका मानिसलाई मर्यादापूर्वक व्यवहार गर्नुपर्छ । उसको आत्मसम्मान र स्वतन्त्रतामा दखल पुर्‍याउनुहुँदैन । यही उद्देश्यको साथ हरेक वर्ष विश्व मानसिक स्वास्थ्य दिवस मनाउने गरिएको छ । यसको उद्देश्य मानसिक स्वास्थ्यको बारेमा जनचेतना जगाउँदै व्यवहार परिवर्तन गर्नु हो । सबैको मानसिक स्वास्थ्यको रक्षा तथा प्रवर्धन गर्नु हो । जसले मानिसको स्वास्थ्य र समृद्धिलाई सुनिश्चित गर्छ । तसर्थ हामी सबैले मानसिक स्वास्थ्यलाई आधारभूत मानवअधिकारको रूपमा बुझ्नुपर्छ । व्यक्ति जस्तो र जहाँको भए पनि उच्चतम मानसिक स्वास्थ्य सेवा पाउने अधिकार हुन्५ ।

मानसिक स्वास्थ्य विश्वव्यापी मानव अधिकारको विषय हो । यसलाई जति छिटो आत्मसात् गर्छौं, उति नै चाँडो हामी सामेली र समानतायुक्त समाजको विकास गर्छौं । एउटा समृद्ध समाज निर्माण गर्छौं, जुन समाजमा विभिन्न अवरोधमा रहेका व्यक्तिहरू सहजतापूर्वक जीवन बाँच्न सक्छन् । तसर्थ मानसिक स्वास्थ्य विश्वव्यापी मानवअधिकारको विषय हो भनेर मनन गरौँ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button