शिक्षा स्वास्थसमाचार

अफिसमा नै ५ मिनेट निकालेर गर्नुहोस् योगाभ्यास जिम नगई फिट रहनुहोस्

Office Yoga

Gobal IME Bank

काठमाडौँ। के तपाईले अफिसमा नै योगाभ्यास गर्ने बारे कहिल्यै सोच्नु भएको छ ? दिनभरी डेस्कमा बसेर काम गर्दा ढाड, गर्दन र काँध दुख्ने समस्या हुने गर्छ । यदि तपाई कामको व्यस्तताको कारण व्यायामको लागि समय निकाल्न सकिरहनु भएको छैन भने कार्यस्थलमा नै समय निकालेर योगाभ्यास गर्न सक्नु हुन्छ ।

कार्यस्थलमा योगाभ्यास किन आवश्यक ?
एक अनुसन्धानका अनुसार ५३ प्रतिशत भन्दा बढि कम्पनिहरु आल उत्पादन बढाउन र अफिस छोड्ने दर घटाउनका लागि अफिसमा नै योगको लागि समय निकाली रहेका छन् । तपाई पनि आफ्नो कार्यस्थलमा नै आफ्नो सहकर्मीहरुसँग मिले यि सरल योग आसन र स्ट्रेच गरेर आफुलाई तनाव मुक्त र आराम प्रदान गर्न सक्नु हुन्छ ।

१. सीटेड फरवर्ड फोल्ड पश्चिमोत्तानासन

सीटेड फरवर्ड फोल्ड जसलाई पश्चिमोत्तानासनको नामले पनि चिनिन्छ । यो स्ट्रेच धावकहरूका लागि उत्कृष्ट छ जसलाई कडा ह्यामस्ट्रिङहरू हुन्छन्। फर्वार्ड बेन्डिङले तनाव कम गर्न र तपाईंको मुड सुधार्न मद्दत गर्छ।

स्टाफ पोजमा बसेर सुरु गर्नुहोस् (दण्डासन) शरीरको अगाडि खुट्टालाई सीधा पारेर बस्नुहोस् । आफ्नो सीधा हातहरू छेउमा उठाउनुहोस् र आफ्नो टाउको माथि उठाउनुहोस्, छतमा पुग्नुहोस्। कुहिनालाई टिकाएर सास लिनुहोस् र आफ्नो ढाडलाई माथि खिच्नुहोस्। तपाईले श्वास छोड्दा, आफ्नो कम्मरमा झुकेर अगाडि बढ्न सुरु गर्नुहोस्। आफ्नो शरीरको लचकताको आधारमा आफ्नो हात र ढाडलाई तन्काउनुहोस् । आफ्नो हैमस्ट्रिंग र पिठको तल पट्टिको भाग हाल्का तन्किएको महसुस गर्नुहोस् ।

२. सीटेड स्पाइनल ट्विस्ट महिला
सीटेड स्पाइनल ट्विस्ट एक योगा मुद्रा हो जसले ढाडको हड्डिको लचिलोपनमा सुधार ल्याउनका लागि मद्लत गर्छ । यो आसनले ढाडको समस्यालाई कम गर्न मद्दत गर्छ । यो कार्य स्थलमा गर्न मिल्ने निकै उपयोगी योगासन हो ।

यो योग अभ्यास गर्नका लागि आफुलाई सजिलो हुने गरि चकलमाडी गरेर बस्ने । तपाई यो आसनलाई कुर्सी वा फ्लोरमा बसेर गर्न सक्नु हुन्छ । सास लिनुहोस र आफ्नो ढाडलाई सधिा बनाउनुहोस् । त्यसपछि सासलाई बिस्तारै रिलिज गरेर दायातर्फ मोडिनुहोस् र आफ्नो बाँया हातलाई घँुडामा राख्नुहोस् । दाँया हातलाई कुर्सी पछाडी वा ढाडतर्फ राख्नुहोस् । केहि समय यसरी मोडेर बस्ने र फेरी यसै गरी अर्को तर्फ मोडिने ।
यो आसनले ढाडको हड्डिको समस्यालाई कम गर्छ र पाचन प्रणालीलाई पनि राम्रो बनाउन मद्दत गर्छ ।

३. डेस्क प्ल्याङ्क
डेस्क प्ल्याङ्क नर्मल प्ल्याङ्क व्यायाम गर्ने अलग तरिका हो । यो व्यायाम तपाई आफ्नो कार्य स्थलको कुनै पनि मजबुद सतहको उपयोग गरेर गर्न सक्नुहुन्छ । डेस्क वा फ्लोरमा घोप्टे परेर आफ्नो हात र खुट्टाको माध्यमबाट उभिने र डाइगनल पोजिसनमा बस्ने ।

यो आसनले हात,काँध र पिठ्ँयूको मांसपेशीलाई मजबुत बनाउनका लागि मद्दत गर्छ

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button