मुख्य समाचारसमाचार

भारतबाट घटेर आयाे पेट्रोल र डिजेलकाे मूल्य

खाना पकाउने ग्यासको मूल्य भने बढेको छ ।

Gobal IME Bank

काठमाडौ । भारतबाट पेट्रोल र डिजलको मूल्य घटेर आएको छ । बुधबार नेपाल आयल निगमलाई इण्डियन आयल कर्पोरेसनले पेट्रोल र डिजेलको मूल्य घटेको र खाना पकाउने ग्यासको मूल्य बढेको पत्र पठाएको हो ।

इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मुल्य अनुसार डिजेल प्रतिलिटर ५.५ रुपैयाँ र पेट्रोल लिटरमा १.२१ रुपैयाँले घटेको छ। यस्तै मट्टितेलमा प्रतिलिटर ३.४० रुपैयाँ घटेर आएको छ । खाना पकाउने ग्यासको मूल्य भने ३३९.०६ रुपैयाँले बढेर आएको छ ।

नेपालमा अब मुल्य के गर्ने भन्नेबारेमा भने सञ्चालक समितिको बैठकले तय गर्नेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button