मुख्य समाचारशिक्षा स्वास्थसमाचार

चिल्लो छालाको लागि घरेलु क्लिनजर…

Gobal IME Bank

एजेन्सी । चिल्लो छाला हुनेहरुको लागि गर्मीमा छालामा विभिन्न समस्या आउने कारण निकै कठिनाईहरु भोग्नु पर्ने हुन्छ । हामीले दैनिक प्रयोग गर्ने प्रडक्टहरुले चिल्लोपना कम नगर्न सक्छ । त्यसैले घरेलु क्लिन्जरले छालाको चिल्लोपना कम गर्न सक्छ । हामी बस्ने वातावरण प्रदुषित भएको कारण धुलो, धुँवा र घामको कारण हाम्रो छाला डल र फोहोर देखिन सक्छ । त्यसैले दैनिक क्लिनजिङ गर्नु महत्वपुर्ण कुरा हो ।

घरेलु फेसियल क्लिनजरको प्रयोग गर्दा हाम्रो छालालाई निकै फाइदा मिल्छ । भान्छामा पाइने यी कुराहरुको प्रयोग गरि घरेलु क्लिन्जर बनाएर प्रयोग गर्नुहोस्

१) ओलिभ ओइल
भर्जिन ओलिभ ओइल थोरै हातमा लिनुहोस् र विस्तारै छालामा सर्कुलर मोसनमा मसाज गर्नु होस् । केही मिनेट पछि मनतातो पानीमा टावल भिजाएर छालालाई पुस्नु होस् । विभिन्न रिसर्चहरुमा देखाईएको छ कि ओलिभ ओइलले छालामा पिएच लेबललाई मेनटेन गर्छ र छालाबाट फोहोरलाई निकाल्न पनि मद्दत गर्छ । ओलिभ ओइलको प्रयोग क्लिन्जिङको लागि हरेक दिन गर्न सकिन्छ ।

२) मह र कागती
दुई चम्चा महमा एक चम्चा कागतीको रस मिसाउनु होस् यदि मिश्रण बाक्लो भएको छ भने त्यसमा पानि मिसाउनु होस् र अनुहारमा लगाएर मसाज गर्नुहोस् र १० मिनेटको लागि छोडिदिनुहोस् । १० मिनेट पछि सफा पानिले अनुहार धुनुहोस् । मह र कागतीको मिश्रण निकै लाभदायक हुन्छ कागतीमा पाइने एस्ट्रिजेन्ट प्रोपर्टिले चिल्लोलाई कम गर्न मद्दत गर्छ र महले छालालाई पोषित र हाइड्रेटेड राख्नको लागि मद्दत गर्छ । हरेक रात सुत्नु भन्दा अगाडी यो मिश्रणले क्लिन्जिङ गरेर सुत्दा छालालाई फाइदा मिल्छ ।

३) गोलभेडा र काँक्रो
गोलभेडा र काँक्रो क्लिन्जिङको लागि प्रभावकारी इन्ग्रिडेन्ट हो । गोलभेडाले छालाबाट फोहोर निकाल्नुका साथै स्किन टोन लाइट बनाउनुका साथै सन ड्यामेजलाई रिभर्स गर्छ । काँक्रोले छालालाई फ्रेस बनाउछ । गोलभेडा र काँक्रको मिश्रणलाई छालामा लगाउदा छाला सफा हुन्छ र चिल्लोपनलाई कन्ट्रोल गर्छ । आधा गोलभेडा र सानो टुक्राको पेस्ट बनाउने, छालामा लगाएर १५ मिनेटको लागि छोडिदिने र १५ मिनेट पछि सफा पानीले धुने । यो पेस्ट हरेक दिन प्रयोग गर्दा लाभदायक हुन्छ ।

४)बेसन र बेसार
बेसनले छालाको फोहोरलाई सोस्ने काम गर्छ, यसले छालाको ब्ल्याकहेड्स हटाउन पनि मद्दत गर्छ । एक चम्चा बेसनमा थोरै बेसार मिसाउने र गुलाफ जल वा पानीको सहायताले पेस्ट बनाएर छालामा लगाएर स्क्रब गर्ने र केही मिनेट राखेर सफा पानीले मुख धुने । यो क्लिन्जरको प्रयोग तपाई हरेक दिन गर्न सक्नु हुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button