समाचार

शिशुवा अस्पतालमा शल्यक्रिया मार्फत प्रसूति सेवा-GoodNews24

Gobal IME Bank

पोखरा महानगरपालिकाअन्र्त गत लेखनाथ स्थित शिशुवा अस्पतालमा बिहीबार पहिलो पटक शल्यक्रिया मार्फत प्रसूति सेवा उपलब्ध गराइएको छ । शिशुवा अस्पतालका प्रसुती रोग विशेषज्ञ डा रुपेशसिंह बस्नेत नेतृत्वको चिकित्सक टोलीले एक महिलाको सफल शल्यक्रिया गरेको हो । बारा जिल्लाको कोहल्बी नगरपालिका—८, नयाँबस्ती घर भै पोखराको शिशुवामा बस्दै आएकी एक युवतीको सफल शल्यक्रिया गरी प्रसुती गराइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रतीभा कोइरालाले जानकारी दिनुभयो ।

अस्पतालबाट यसअघि सामान्य सुत्केरी सेवा उपलब्ध हुँदै आएकामा अबदेखि शल्यक्रिया मार्फत पनि प्रसुती सेवा शुरु भएको उहाँको भनाइ छ। लेखनाथ क्षेत्रका महिलालाई शल्यक्रियामार्फत प्रसुती गराउन पोखरासम्मै जानुपर्ने बाध्यता हटेको छ । तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीको पहलमा प्रसुती सेवाका लागि आवश्यक पूर्वाधार तयार भएको थियो भने पोखरा महानगरपालिकाको पनि केही सहयोग गरेको थियो ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″] [irp posts=”3544″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button