मनोरञ्जनसमाचारसूचना प्रविधि

रोबर्ट ओपेनहाइमर जब परमाणु बम बनाउने व्यक्तिले सुनाए गीताको श्लोक

Oppenheimer

Gobal IME Bank

सन् १९४५ जुलाई १६ को बिहानको समय रोबर्ट ओपेनहाइमर नियन्त्रित बंकरभित्र बसेर त्यो पलको पर्खाईमा थिए जसले दुनियालाई नै बदल्नेवाला थियो ।

त्यो बंकरभन्दा करिब ६ माइल अर्थात् करिब १० किलोमिटर टाढा न्यू मेक्सिकोको होर्नादा डेल मूएर्तोस्थित मरुभूमिमा विश्वकै पहिलो परमाणु बमको परीक्षण हुन गईरहेको थियो । उक्त परमाणु बम परीक्षणको नाम थियो, ट्रिनिटी ।

ओपनहाइमर थाकेका थिए । उनी बेचैन पनि देखिन्थे । उसै त उनी दुब्लोपातलो मान्छे त्यसमाथि ३ वर्षसम्म परमाणु बमको डिजाइन गरी बम निर्माण गर्ने म्यानहटन इन्जिनियर डिस्ट्रिक्टको वैज्ञानिक शाखाको रुपमा रहेको प्रोजेक्ट ब्वायमा परियोजना निर्देशक रहेपछि उनको सरीरको तौल घटेर ५२ किलोमा झरेको थियो ।

वजन निकै कम हुनाले अग्लो कदका ओपनहाइमर निकै दुब्लो देखिन्थे । त्यसरात उनी केवल ४ घण्टामात्रै सुत्न सके । आउने दिनको चिन्ता तथा सधै चुरोट पिउने लतका कारण खोकीको समस्या देखिनाले उनी रातको समयमा पनि धेरैजसो जागा नै रहन्थे ।

जब विस्फोट भयो‘

रोबर्ट ओपनहाइमरको जीवनी लेख्ने इतिहासकारहरु काई बर्ड र मार्टिन जे शेर्विनले सन् १९४५ को उक्त दिन ओपनहाइमरको जीवनको सबैभन्दा निर्णायक क्षणमध्येको एक रहेको उल्लेख गरेका छन् ।

बर्ड र शेर्विनले अमेरिकन प्रोमेथियसको नामबाट ओपेनहाइमरको जीवनी लेखेका छन् । सोही पुस्तकको आधारमा ओपेनहाइमरको जिवनमा आधारित फिल्म ओपेनहाइमर निर्माण भएको छ, जुन आज शुक्रबार जुलाई २१ मा अमेरिकामा रिलिज हुँदैछ ।

बर्ड र शेर्विनका अनुसार परमाणु बम विस्फोटनको काउन्टडाउनको आखिरी मिनेटहरुमा सेनाका एक जर्नेलले ओपेनहाइमरको मूडलाई निकै नजिकबाट देख्ने अवसर पाएका थिए । ती जर्नेलले भनेका छन्, ‘ जब जब विस्फोटनको समय नजिकिँदै थियो डाक्टर ओपेनहाइमरको तनाव बढिरहेको थियो । त्यसबेला उनले निकै मुस्किलले सास फेरिरहेका थिए ।

अन्ततः जब विस्फोटन भयो त्यसले सूर्यको चमकलाई समेत धमिलो बनाइदियो । २१ किलोटिन टिएनटीको शक्तियुक्त त्यो विस्फोट मानिसले गरेको त्यसबेलासम्मको सबैभन्दा ठूलो धमाका थियो ।

विश्वकै पहिलो उक्त परमाणु बम विस्फोटनबाट तीव्र झट्का पैदा भयो जसलाई १ सय ६० किलोमिटर टाढासम्म महसूस गरिएको थियो ।

यत्रतत्र विस्फोटनको आवाज तथा विस्फोटपछिको कालो मुस्लोले आकाश ढाकेसँगै ओपेनहाइमरको अनुसारमा छाएको तनाव जबरजस्त रातमा परिणत भएको थियो ।

ओपेनहाइमरका साथी तथा सहकर्मी इसिडोर राबीले त्यसबेला केही टाढाबाट उनलाई देखेका थिए ।

राबी भन्छन्, ‘मैले उनको हिडाइँको शैलीलाई कहिल्यै पनि भुल्न सक्दिन । मेरो दिमागबाट त्यो तस्वीर कहिल्यै पनि मेटिँदैन । जब उनी कारबाट ओर्लिए उनको चाल देख्दा लाग्थ्यो कि उनी सातौँ आकाशमा छन् । उनी निकै कडा रुपमा हिँडिरहेका थिए । उनले त्यो किर्तिमानी जुन सफलतापूर्वक सम्पन्न गरेका थिए ।

गीताको श्लोक स्मरण

सन् १९६० को दशकमा दिएको एक अन्तरवार्तामा ओपेनहाइमरले आफ्नो त्यस प्रतिक्रियामा दार्शनिकताको एउटा जामा लगाइदिएका थिए । उनको दाबी अनुसार आणविक बम विस्फोट पश्चात् उनको मस्तिष्कमा हिन्दु धर्मग्रन्थ गीताको एक श्लोक याद आएको थियो ।

त्यसबेला उनले सम्झिएको गीताको श्लोकको बारेमा बताउँदै उनले भनेका छन्, ‘म अब काल हुँ जसले लोकको नाश गर्दछु।’

उनले गीताको ११ औँ अध्यायको ३२ औँ श्लोकको कुरा गरेका हुन् । जहाँ श्रीकृष्णले भनेका छन्, ‘कालस् अस्मि लोकक्षयकृत्प्रविद्धो लोकान्समाहर्तुमिह प्रवृत्तस् अर्थात यसको अर्थ हुन्छ म लोकको नाश गर्ने ठूलो काल हुँ ।

ओपेनहाइमरका साथीहरुका अनुसार परमाणु बम परीक्षण पछिका दिनहरुमा उनी निकै निराश देखिन्थे । त्यो बमबाट संसारमा के हुनेवाला थियो भन्ने कुराको आभाष उनलाई थियो । त्यसैले उनी हरक्षण केही कुरामा सोँचमग्न भएर हराइरहन्थे ।

एकदिन उनले जापानी जनताको भविष्यका विषयमा चिन्ता व्यक्त गर्दै ती बिचरा साना गरिब मान्छेहरूसमेत भनेका थिए ।

तर परमाणु बम बनाउने उक्त परियोजनामा सेनाका आफ्ना मित्रहरुसँग एक बैठकका क्रममा चाहिँ उनले ती बिचरा गरिब मानिसहरुलाई पूर्ण रुपमा भुलिसकेका हुन् कि जस्तो लाग्थ्यो ।

बर्ड तथा शेर्विनका अनुसार त्यसबेला ओपेनहाइमरको पूरा ध्यान नै परमाणु बम खसाउनका लागि सबैभन्दा उपयुक्त अवस्था कस्तो हुनुपर्छ भन्नेतर्फ थियो ।

उनी भन्ने गर्दथे, ‘यसलाई वर्षा वा कुहिरोमा खसाउनु हुँदैन । धेरै उचाइँमा गएर विस्फोट हुन पनि दिन हुँदैन । यसमा लेखिएको आँकडा सर्वथा सही छ । बमलाई माथितर्फ जान दिनुहुँदैन नत्र त्यसभन्दा ठूलो नोक्सानी केही हुने छैन ।

उक्त पहिलो परमाणु बम परीक्षणको एक महिनाभन्दा कम समयभित्रै जापानको हिरोशिमा तथा नागासकीमा परमाणु बमको आक्रमण गरियो ।

जब ओपेनहाइमरले आफ्ना साथीहरुसँग उक्त सफलताको घोषणा गरे त्यहाँ रहेकामध्ये एकजनाले भने,’कसेर आफ्नो हात माथि उठाउँदै मुठठी कसे र हातलाई खुसीले हावामा उछाले । त्यो हेर्दा लाग्दथ्यो कि उनी कुनै एकजना केटा हुन् जसले भर्खरैमात्र ठूलो पुरस्कार जितेको छ ।

                                                                                                                                                                           -बिबिसि

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button