शिक्षा स्वास्थसमाचार

ओरल क्यान्सरको लक्षणहरु, थाहा पाउनुहोस्

Gobal IME Bank

एजेन्सी । ‘साइन्स डाइरेक्ट’ मा सन् २०२० मा प्रकाशित एउटा रिसर्चको अनुसार तम्बाकु सेवन मुखको क्यान्सरको प्रमुख कारण हो । गुठ्का, सुर्ती, बिढी, चुरोट र हुक्कामा तम्बाकु मिसाइएको हुन्छ जसले ट्युमरको विकास गर्छ । यो मुखको क्यान्सरको प्रमुख कारण हो। युवा र वृद्ध दुबै आयुवर्गहरु यसको शिकार भएका छन् । मुखको क्यान्सर हुदा सुरुवातमा केही लक्षणहरु देखिन्छन् जसलाई हामीले भुलेर नजरअन्दाज गर्नु हुँदैन।

१. वाइट प्यासेज (सेतो दाग)
गिजा, जिब्रो टन्सिल र मुखमा सेतो अथवा रातो किसिमको मोटो धब्बा देखिनु खतरनाक हुन सक्छ । यो स्थितिलाई ल्युकोप्लाकिया भनिन्छ । अधिकांश ल्युकोग्लाकिया प्याच नन क्यान्सरस हुन्छ तर यो धेरै क्यानसरको सुरुवातको लक्षण पनि हुन सक्छ। यो तम्बाकुको कारणले हुन सक्छ त्यसैले यस्तो किसिमको दाग धब्बा देखिएको छ भने तुरुन्त डाक्टरलाई देखाउन जानु पर्छ।

२. लगातार गाँठो पर्नु
यदि मुखमा वा लिम्फ ग्लान्डमा (गर्दनको लसिका ग्रन्थीमा) कुनै किसिमको गाँठो महसुस भईरहेको छ भने यो खतरनाक हुन सक्छ । यदि तपाईले आफ्नो घाँटीमा लगातार केही अड्केको जस्तो महसुस गर्नु भए वा घाँटीमा खस खस भएको अनुभव भईरहेको छ भने तुरुन्त डाक्टरलाई सम्पर्क गर्नुहोस्।

३. मुख वा अनुहार दुख्ने
बिना कुनै कारण यदि तपाईको मुख, गर्दन र अनुहार वरीपरी सुन्निएको वा पिडा महसुस भई रहेको छ भने यो क्यान्सरको संकेत हुन सक्छ । यस्तो स्थितिमा बङ्गारो सुन्निने र पिडा हुने गर्छ ।

४. दाँत झर्ने
एक वा एक भन्दा बढि दाँत बिना कुनै कारण कमजोर हुनु वा झर्नु क्यान्सरको लक्षण हुन सक्छ। यदि तपाईले दाँत झिक्नु भएको छ र दाँत निकालेपछि भएको गिजाको खाल्डो पुरिएको छैन भने तुरुन्त आफ्नो डाक्टरलाई सम्पर्क गर्ने ।

मुखको क्यान्सरको उपचार सर्जरी, रेडिएसन र किमोथेरेपीको साथै अन्य थुप्रै तरिकाबाट गरिन्छ यो व्यक्तिको उमेर, हेल्थ कन्डिसन र क्यान्सरको स्टेजमा निर्भर हुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button