यी हुन् मेवा खानुका ८ फाइदाहरु

एजेन्सी । गर्मी मौसममा मेवाको सेवन अमृत समान हुन्छ । मेवामा एन्टिअक्सिडेन्टहरु भिटामिन ए, भिटामिन सि र भिटामिन ई प्रशस्त मात्रामा पाइन्छ साथै यसमा पोटासियम तथा क्याल्सियम पनि पर्याप्त मात्रामा पाइने भएकाले मेवा पेट तथा मुटु दुवैको लागि लाभदायी हुन्छ । मेवामा फाइबर पनि पाइन्छ जसले मुटुको रोगलाई कम गर्नको लागि मद्दत गर्छ । फाइबर धेरै भएको खानाको सेवनले कोलेस्ट्रोल पनि कम गर्न मद्दत गर्छ । के के छन् त मेवाका फाइदाहरु ?
१) मेवा बजारमा सहजै उपलब्ध हुने फल हो जसमा भिटामिन बी पनि पर्याप्त मात्रामा पाइन्छ । भिटामिन बी ले कार्बोहाइड्रेट, प्रोटिन, फ्याट र उर्जालाई हाम्रो शरीरमा बदल्नको लागि निकै महत्वपुर्ण भुमिका खेल्ने कारण मेवाको सेवन दैनिक गर्दा हाम्रो शरीरको लागि फाइदाजनक हुन्छ ।
२) मेवाको सेवनले शरीरमा फोलिक एसिड, तथा भिटामिन बी को कमी शरीरमा हुन दिँदैन ।
३) यसमा पर्याप्त मात्रामा फाइबर पाइने भएकाले कब्जियत तथा अन्य पाचन प्रक्रिया सम्बन्धी समस्या समाधान गर्न मद्दत गर्छ ।
४) मेवाको नियमित सेवनले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।
५) मेवाको नियमित सेवनले कलेजोलाई स्वस्थ राख्नुका साथै छालालाई पनि सुन्दर तथा स्वस्थ राख्न मद्दत गर्छ ।
६) मेवाको बियाँमा जिवाणु प्रतिरोधी गुण हुन्छ । मेवाको बियाँ पिँधेर घाउमा लगाउँदा घाउमा थप संक्रमण हुदैन र घाउ छिटै निको हुन्छ ।
७) मेवामा प्रशस्त मात्रामा भिटामिन ए पाइने भएकोले यसको नियमित सेवनले आँखा तेजिलो बनाउँछ । साथै यसले रगतलाई सफा पनि बनाउँछ ।
८) जन्डिसका बिरामीले मेवाको नियमित सेवन गर्दा फाइदाजनक हुन्छ साथै यसले कलेजोलाई क्रियाशील बनाउन पनि मद्दत गर्छ ।