गुड न्यूज 24मनोरञ्जनमुख्य समाचारसमाचार

सकारात्मक बनेका पल शाह – ‘कसैलाई गाली नगरिदिनुहोला, उहाँहरुसंग फेरी सहकार्य गर्ने वातावरण मिलोस्”

Gobal IME Bank

काठमाडौं । अभिनेता पल शाहले होली मनाउँदै आफ्ना सम्पुर्ण शुभचिन्तकहरुमा समेत शुभकामना व्यक्त गरेका छन् । अभिनेता शाहले सिकाई जीवनभर अनवरत चलिरहने प्रक्रिया बताउँदै बितेको एक वर्षलाई आफुलाई सिकाईको उर्बर समयको रुपमा लिएको पनि बताएका छन् ।

अभिनेता शाहलाई बाल यौन दुर्व्यवहारको अभियोगमा कैद सजाय भएको थियो । तर फाल्गुन १५ गते शाहमाथि अभियोग दाबी नपुग्ने ठहरसहित उच्च अदालत पोखराले उनलाई आइतबार सफाइ दिएपछि उनी जेलबाट छुटेका थिए । शाहले सामाजिक सञ्जालमा लेख्दै मनमा कसैप्रति रिस र प्रतिशोधको भावना अब नरहेको पनि भनेका छन् । त्यस्तै आफ्नो बितेको समय जस्तो जे भएपनि अब केबल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पुरा गर्ने एउटै लक्ष्य भएको पनि बताएका छन् ।

”साथै मेरो बितेको एक वर्षको त्यो घटनासंग जोडीएका सम्पूर्ण व्यक्तित्वहरुमा मेरो सदा सम्मान र सद्भाभ” शाहले भनेका छन् ।

उनले- ”यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो त्यसैले मेरो अनुरोध, कसैलाई गाली गलौच र नराम्रो व्यबहार नगरिदिनुहोला। उहाँहरुसंग फेरी सहकार्य गर्ने वातावरण मिलोस ” पनि भनेका छन् ।

अभिनेता शाहले के भनेका छन ?-

”नमस्कार सबैजनालाई 🙏
सिकाई जीवनभर अनवरत चलिरहने प्रक्रिया हो।
बितेको एक वर्षलाई मैले सिकाईको उर्बर समयको रुपमा लिएको छु। मनमा न कसैप्रति रिस बाँकी छ न त कुनै प्रतिशोधको भावना। छ त केबल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पुरा गर्ने एउटै लक्ष्य।
साथै मेरो बितेको एक बर्षको त्यो घटनासंग जोडीएका सम्पूर्ण व्यक्तित्वहरुमा मेरो सदा सम्मान र सद्भाभ।
र यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो त्यसैले मेरो अनुरोध, कसैलाई गाली गलौच र नराम्रो ब्यबहार नगरिदिनुहोला। उहाँहरुसंग फेरी सहकार्य गर्ने वातावरण मिलोस । त्यसैले सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै म फेरी पुरानै संघर्षशील दैनिकीमा फर्किएको छु। मेरो स्वागतमा परिवार, आफन्त, साथीभाइ मात्र होइन हजारौं दर्शकको भिड देख्दा म मात्तिएको छैन। बरु यो शुभेच्छाले मलाई थप जिम्मेवार बनाएको छ।त्यसैले सम्पूर्ण भगवान रुपी प्रिय शुभेच्छुकहरुलाई मनदेखि आभार प्रकट गर्दछु। 🙏
रङ्गिन र सुखमय होस जीवन!
होलीको शुभकामना सम्पुर्णमा !❤️

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button