गुड न्यूज 24शिक्षा स्वास्थसमाचार

महिनावारीको समयमा श्रीमतीलाइ गर्नैपर्ने ८ कुरा पढ्नुहोस् – GoodNews24

Gobal IME Bank

महिनावारी महिलाको गर्भाशयको भित्री भागबाट निस्किने फोहोर रगत योनीद्वारबाट निष्कासन हुने प्रक्रिया हो । महिनावारी भनेको शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो । यो हाम्रो शरीरमा भएका रागरसहरू को मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ । महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने सङ्केत हो ।

महिनावारी सुन्दा जति सहज र सामान्य सुनिन्छ महिलाहरुको लागि यो त्यति नै पिडादायक हुन्छ । महिनावारी भएको समय धेरै जसो महिलामा तल्लो पेट दुख्ने, रिङ्गटा लाग्ने ,ढाड दुख्ने जस्ता समस्या देखिन्छन । त्यसैले यति बेला महिलाहरु सानो सानो कुरामा रिसाउने झर्किने र दिक्क मान्ने गर्छन । यो कुरा श्रीमानले बुझ्नु जरुरी हुन्छ र महिनावारीको समय आफ्नी श्रीमतीले कसरी सहज महशुस गर्छिन । त्यसबारे ध्यान दिनु जरुरी हुन्छ । अरु बेलामा भन्दा त्यस्तो बेलामा आफ्नो श्रीमानबाट  बढि सहयोग र मायाँको आशा राख्दछिन । यहाँ केहि टिप्सहरु उल्लेख गरिएका छन् । जुन तपाइँ आफ्नी श्रीमती महिनावारी भएको बेला उनलाई सहज महशुस गराउनको लागि अपनाउन सक्नुहुन्छ ।

१) अन्य कार्यमा सहयोग गर्नुहोस ।
महिनावारीको समय पेट दुख्ने समस्या भएकाहरुको लागि यो एक बिरामी भए जस्तै अवस्था हो । त्यसैले उनले तपाइँबाट सहयोगको अपेक्षा राखेकी हुन्छिन । महिनावारी भएको समय धेरै बल लगाउनु पर्ने काम गर्नु पनि हुदैन । त्यसैले यस्तो अवस्थामा उनले गर्नु पर्ने कुनै पनि कार्यमा सहयोग गर्नुहोस ।

२) उनले चाहन्छिन भने मात्र उनलाई छुनुहोस् ।
उनीबाट शारीरिक सम्बन्धको चाहनाको आग्रह नभए सम्म त्यसको लागि उनलाई दवाव नदिनुहोस । महिनावारी भएको बेला प्राय महिला सहवासको चाहना राख्दैनन् तर जे होस मानिसको हर्मोनमा कुनै नियन्त्रण छैन । त्यसैले महिनावारी भएको अवस्थामा उनको चाहना बुझेर मात्र आफु अघि सर्नु पर्दछ । आफुलाई नियन्त्रणमा राख्ने गर्नुहोस । बरू पेट दुखाइ,ढाड दुखाइ जस्ता धेरै असुविधा को महसुस हुने भएकाले यी समस्याबाट मुक्ति दिन शरीर मसाज गरिदिनुहोस।

३) उनको लागि खाना बनाउनुहोस ।
महिलाहरूले पुरुषले खाना पकाएको मन पराउँछन चाहे त्यो कुनै पनि बेला किन नहोस । किचनको सबै काम प्राय सधै महिलाले नै सम्हालेका हुन्छन तर महिनावारीको बेला महिलालाई आफ्नै दैनिक काम गर्न पनि मुड आउदैन । यस्तो बेला श्रीमानले खाना बनाएर दिनु उनको लागि कुनै चमत्कार भएको भन्दा कम हुन्न । महिलाले आफ्नो श्रीमानले आफ्नो लागि केहि असाधारण कुरा गरोस भन्ने अपेक्षा राख्दैनन् तर यदि उनको लागि तपाइँ भान्सामा खाना पकाउन सक्नुहुन्छ भने, यसले उनलाई  खुशीकाे आभास दिलाउँछ ।

५) उनको लागि चकलेट ल्याउनुहोस ।
चकलेटहरूले यो समयमा महिलालाइ सधैं राम्रो महसुस गराउदछ । धेरै जसो महिलाहरु चक्लेटको प्रेमी हुन्छन । उनलाई सर्प्राइजको रुपमा चकलेट दिनुले उनलाई बिशेष महशुस गराउँदछ ।

६)  प्याड किनेर ल्याउनुहोस ।
सम्बन्धमा यस्ता साना साना कुरामा गरिने ख्यालले धेरै ठुला ठुला खुशी दिन सक्छन । यदि आवश्यक परेमा प्याड किन्न पनि लाज नमान्नुहोस्। यस्तो बेला उनलाई सबैभन्दा बढी चाहिने कुरा नै यहि हो । हुन सक्छ उनलाई स्टोरमा जान असहज महशुस भएको छ ।

७) उनलाई शारीरिक कसरत गर्न प्रेरित गर्नुहोस ।
महिनावारीको समय महिलालाई व्यायामले फ्रेश हुन धेरै रै मद्दत गर्दछ। तपाईंको श्रीमतीलाई हल्का कसरत गर्न उत्प्रेरित गर्नुहोस् वा जति उनको शरीरले अनुमति दिन्छ त्यति शारीरिक व्यायामको लागि बाहिर लिएर जानुहोस । तपाइँसंगै कसरत गर्न पक्कै उनि आभार महसुस गर्छिन्।

८) कोठा सफा गर्नुहोस ।
पिरियडको बेला सरसफाइमा ध्यान दिनु निकै जरुरी छ । उनिलाइ पिरियडको बेला अस्वस्थ महसुस हुने भएकाले दैनिक कार्यमा ध्यान जादैन। यदि तपाईंले उनको लागि कोठा सफा गर्नुभयो भने, उनि खुशी हुन्छिन र केहि हद सम्म आफुमा भएको समस्या पनि भुल्छिन। थोरै रोमान्टिक बन्नुहोस महिनावारीको समस्याले महिलालाई सुस्त बनाएका हुन्छ र यदि सम्भव भए सम्म उनलाई डिनरको लागि कुनै राम्रो रेस्टुरेन्ट लैजानुहोस । जसरी उनले मिठो खाना बनाएर खुवाउदा तपाइको मन प्रफुल्ल हुन्छ त्यसरी नै उनलाई मिठो खाना खुवाउदा उनि पनि प्रसन्न हुन्छिन ।

८) उनलाई मन पर्ने क्रियाकलाप गरेर हसाउनुहोस ।
हास्नुले पिडा बिर्साउन मद्दत गर्दछ । यदि उनलाई धेरै नै पेट दुख्ने समस्या या अन्य कुनै समस्या छ भने तपाइले उनि के गर्दा खुशी हुन्छन उनको लागि कुन गतिविधि मन पर्छ  यस बारे सोच्नु जरुरि हुन्छ । तपाइले गर्न सक्ने र उनको ओठमा मुस्कान आउने कुनै पनि व्यबहार जस्तै क्यारिकेचर गर्ने ,नाच्ने यस्तै गर्न सक्नुहुन्छ ।

याद गर्नुहोस्, उनी उही व्यक्ति हुन्, सम्बन्ध उही हो ; यो बस महिनाको त्यो समय हो जहाँ महिला तपाईलाई सधै झैँ प्रेम दिन असमर्थ हुन्छिन । त्यसैले उनको विशेष ध्यान राख्नुहोस् ।

गुड न्यूज 24
www.gudnews24.com
GoodNews Media

यो पनि पढ्नुहोस् ..

[irp posts=”2617″]

[irp posts=”2573″]

[irp posts=”3415″] [irp posts=”3558″]

[irp posts=”3605″]

[irp posts=”3790″]

[irp posts=”3875″]

[irp posts=”3930″]

 

 

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button