समाचार

कृषकलाई प्रोत्साहन रकम-GoodNews24

Gobal IME Bank

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिकाले कृषकलाई कृषिमा प्रोत्साहित गर्न प्रोत्साहन रकम वितरण गरेको छ । कृषि क्षेत्रमा उल्लेखनीय कार्य गरेवापत गाउँपालिकाले वडा नं ८ का कृषकलाई प्रोत्साहन रकम वितरण गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलका अनुसार उक्त वडाका दुई जना बाख्रापालकलाई जनही रु १३ हजार, बङ्गुर पालकलाई जनही रु ११ हजार, एक जना माछापालकलाई रु पाँच हजार र एक जना कुखुरापालकलाई रु पाँच हजारका दरले रकम वितरण गरिएको छ । “कृषि क्षेत्रमा राम्रो काम गर्ने कृषकलाई पुरस्कृत गर्न प्रोत्साहन रकम वितरण गरेका हौँ”, उहाँले भन्नुभयो, “यसले कृषकलाई कृषितर्फ प्रोत्साहन गर्ने गाउँपालिकाको विश्वास छ ।” गाउँपालिकाले सबै वडाका उत्कृष्ट कृषकलाई प्रोत्साहन रकम वितरण गर्ने तयारी गरेको छ । बाँकी सात वडाका कृषकलाई पनि प्रोत्साहन रकम वितरण गरिनेछ । “कार्यविधिअनुसार सबै वडामा कृषि पेशामा अब्बल कृषक छनोट गरेर प्रोत्साहन रकम वितरण गर्न लागेका हौँ”, उहाँले भन्नुभयो । प्रशासकीय अधिकृत पौडेलका अनुसार यो कार्यक्रम गत आर्थिक वर्ष २०७६÷७७ को कार्यक्रम हो । कोभिड–१९ को प्रभावका कारण ढिला गरी कृषकलाई रकम वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले यस अगाडि आठवटै वडाका २०÷२० कृषकलाई जनही रु २० हजारका दरले अनुदान रकम वितरण गरिसकेको छ । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गाउँपालिकालाई कृषिमा समृद्ध बनाउने लक्ष्य राखिएको र कृषकलाई सहयोग गर्ने कुरामा गाउँपालिका सदैव प्रतिबद्ध रहेको जानकारी दिनुभयो । “कृषकलाई कृषि पेशातर्फ आकर्षित गराउन गाउँपालिकाले अनुदानको व्यवस्था गरेको छ, यसले गाउँपालिकालाई पनि कृषिमा आत्मनिर्भर बनाउन सहयोग पुग्छ”, उहाँले भन्नुभयो । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले म्याग्दे गाउँपालिका–७ हर्कपुर निवासी हर्कबहादुर राना मगरको परिवारलाई दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । क्यान्सर रोगबाट निधन हुनुभएका उहाँका परिवारलाई इन्स्योरेन्स लिमिटेडले रु २० लाख दाबी भुक्तानी गरेको हो । उक्त रकम इन्स्योरेन्स लिमिटेडका दमौली शाखा प्रबन्धक जगदीश काफ्लेले स्वरानाका श्रीमती दमन्ता रानामगरलाई हस्तान्तरण गर्नुभयो । हर्कबहादुरले कम्पनीको काठमाडौँ शाखाबाट दुई वर्ष वैदेशिक रोजगार बीमा गर्नुभएको थियो । कागजपत्र पेश गरेको २७ दिनमा कम्पनीले मृतकका परिवारलाई दाबी भुक्तानी दिएको काफ्लेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″] [irp posts=”3544″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button