अन्यसमाचार

पेट्रोलियममा स्वचालित मूल्य लागू

Petrol price

Gobal IME Bank

काठमाडौँ। सोमबारबाट लागू हुने गरी नेपाल आयल निगमले स्वचालित मूल्य कार्यान्वयनमा ल्याउने भएको छ । स्वचालित मूल्य कार्यान्वयनमा आएसँगै अब सरकारले निगमलाई मूल्य घटाउन दबाब दिन नसक्ने निगमले जानकारी दिएको छ । घाटा–नाफामा जे भए पनि इन्धनको मूल्य निर्धारण अब सञ्चालक समितिले नभई निगमले मात्र गर्न पाउनेछ । अब निगमले भारतबाट मूल्य घटेर आए वा बढेर आए पनि डिजेलमा २ प्रतिशत र पेट्रोलमा २ दशमलव ५ प्रतिशत मात्र नाफा राख्न पाइनेछ । यो नाफा पूर्ण रूपमा लागू भएमा आगामी दिनमा निगम घाटामा जाने छैन ।

रसिया र युक्रेनबीचको युद्ध हुँदाजस्तो अन्तर्राष्ट्रिय मार्केटमै मूल्य बढ्दा केही समस्या आउन सक्ला, नभए निगम नाफामै हुने निगमका सहप्रवक्ता पुष्कर कार्कीले बताए । अब निगमले सरकारको तीन अर्ब ५० करोड ऋण तिर्न बाँकी छ भने २७ अर्ब आन्तरिक ऋण छ । निगमले हाल तिर्नुपर्ने ऋण तथा अन्य दायित्वबापतको रकम भुक्तानी गर्न तथा निगमको पूर्वाधार विकास, डिपो तथा अग्नि सुरक्षा संरचनाको मर्मत, आधुनिकीकरणलगायतका अत्यावश्यक कार्यका लागि आवश्यक पर्ने पुँजी संकलनका लागि लागत मूल्यका आधारमा नाफा राखिएको निगमको भनाइ छ । एलपी ग्यासमा निगमले कुनै पनि मुनाफा नराखिएको प्रबन्धक निर्देशक थानीले जानकारी दिए।

भारतीय आयल निगम कर्पोरेसनले अंग्रेजी महिनाको १ र १६ तारिखमा पठाउने नयाँ मूल्य सूचीका आधारमा पेट्रोलियमको मूल्यमा थपघट हुनेछ । यसअघि सरकारले आव ०७९\८० को नीति तथा कार्यक्रममार्फत स्वचालित मूल्य लागू गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन । नयाँ आर्थिक वर्षबाट भने स्वचालित पूर्ण रूपमा कार्यान्वयनमा आउने नेपाल आयल निगमका प्रबन्धक निर्देश उमेश थानीले जानकारी दिए । उनले भने, ‘स्वचालित प्रणालीबाट अब निगम दायाँ–बायाँ हुँदैन, पूर्ण कार्यान्वयनमा ल्याउनेछौँ, उपभोक्तालाई पनि मर्का पर्नेछैन ।’ हवाई इन्धनमा भने निगमको सञ्चालक समितिको बोर्डबाटै मूल्य निर्धारण हुने निगमले जानकारी दिएको छ ।

निगमले डिजेल, पेट्रोल र ग्यासको मूल्य घटाएको छ । निगमको आइतबार बसेको सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा ६ रुपैयाँ, डिजेल र मट्टीतेलमा चार–चार रुपैयाँ घटाएको छ । त्यस्तै, एलपी ग्यासमा प्रतिसिलिन्डर १० रुपैयाँ घटाएको हो । सोमबारबाट काठमाडौंमा पेट्रोल एक सय ६४ रुपैयाँ, डिजेल र मट्टीतेल एक सय ४६ रुपैयाँ हुनेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button