शिक्षा स्वास्थसमाचार

भुइँकटहर खाँदा हुन्छन् यी सात फाइदा

Pineapple

Gobal IME Bank

१। रोग प्रतिरोधी क्षमता

भुइँकटहरमा एन्टी फ्लेमेटरी, एन्टिअक्सिडेन्ट तत्वका साथै पर्याप्त मात्रामा फाइबर समेत पाइन्छ । भुइँकटहरमा हुने भिटामिन सी जस्ता तत्वहरुले शरीरको रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्न मद्दत गर्छ ।

२। पाचन प्रक्रियाको सन्तुलन

भुइँकटहरमा पर्याप्त मात्रामा फाइबर हुन्छ जसले पाचन प्रक्रियालाई सहज बनाउँछ र खानेकुरालाई सजिलो सँग पचाउन मद्दत गर्छ । साथै यसले अनावश्यक अम्ललाई निस्कासन गर्न र ग्यास्ट्राइटिसको समस्यालाई पनि कम गर्छ । यसले भोक कम गर्ने हुँदा मोटोपना घटाउन समेत सहयोग गर्छ ।

३। मधुमेह रोगका लागि फाइदाजनक

भुइँकटहरमा कम मात्रामा क्यालोरी हुन्छ र यसमा चिनीको मात्रा पनि कम हुन्छ त्यसैले यसको सेवनले शरिरमा चिनीको मात्रा बढाउदैन । मधुमेहका रोगीले पनि भुइँकटहरको सेवन गर्नु फाइदाजनक हुन्छ ।

४। हृदयरोगका लागि फाइदाजनक

मुटु सम्बन्धि विभिन्न रोगबाट ग्रसित मानिसहरुका लागि भुइँकटहरको सेवन गर्नु लाभदायक हुन्छ । भुइँकटहरमा हुने तत्वले रगतमा हानिकारक एलडीएल कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ । यसबाट उच्च रक्तचाप तथा मुटुरोगको जोखिम कम हुनुका साथै रोगीलाई समेत फाइदाजनक हुन्छ ।

५। हड्डी बलियो

भुइँकटहरमा पर्याप्त मात्रामा म्याग्नेसियम, क्याल्सियम जस्ता पोषक तत्व पाइन्छ जसले हड्डीलाई मजबुत राख्नका मद्दत गर्दछ । ब्रोमेलेन यौगिकले हड्डीमा हुने विभिन्न खाले समस्याबाट बचाउँछ ।

६। अनुहारको चमक

भुइँकटहरमा एन्टी अक्सिडेन्ट तत्व हुन्छ जसले बुढ्यौलीका लक्षणहरुलाई कम गर्ने, शरीरमा कोषहरु बिग्रनबाट रोक्ने, अनुहारका दाग धब्बा तथा चाउरीपना कम गर्न सहयोग गर्छ । यसमा हुने भिटामिन सी ले कोलाजेन फाइबर बनाउन सहयोग गर्छ, जसले मांसपेशी र छालालाई स्वस्थ राख्छ । यसमा हुने प्रोटिनले छालालाई चम्किलो बनाउँछ ।

७। क्यान्सरबाट बचाउँछ

भुइँकटहरमा ब्रोमेलेन नामक तत्व हुन्छ, जसले शरीरलाई क्यान्सरबाट बचाउन मद्दत गर्छ । भुइँकटरहरमा क्यान्सर प्रतिरोधी गुण हुने विभिन्न अध्ययनहरुले देखाएका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button