मुख्य समाचारसमाचार
प्रचण्ड नेतृत्वको सरकारमा अब तीन जना उपप्रधानमन्त्री, गृहमा पनि रविको दाबी
काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा अब तीन जना उपप्रधानमन्त्री हुने भएको छ ।
एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उपप्रधानमन्त्री बन्ने भएको हो ।
रास्वपाका सभापति लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्रालयको पनि दाबी गर्नुभएको छ ।