मुख्य समाचारसमाचार

राष्ट्रपति पौडेलद्वारा पार्टी सदस्यता त्याग

Gobal IME Bank

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेससँगको सम्लग्नता त्याग गर्नुभएको छ । पार्टीको वरिष्ठ नेता रहनुभएका उहाँ यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

नेता पौडेलले आज कांग्रेस केन्द्रीय कार्यालयमा पत्राचार गर्दै आफू राष्ट्रपतिमा निर्वाचित भएकाले पार्टीको सदस्यबाट अलग भएको जानकारी गराउनुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

नेपालको संविधानमा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको व्यक्ति राष्ट्रपति निर्वाचित भए निजको त्यस्तो पद स्वतः रिक्त हुने उल्लेख छ । नवनिर्वाचित राष्ट्रपति पौडेलले भोलि सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गर्नुहुने भएको छ ।

राष्ट्रपतिको कार्यालयले उहाँको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोह गर्ने तयारी गरेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button