मुख्य समाचारसमाचार
‘पब्जी’ गेम बन्द गर्न सांसद चौधरीको माग, बालबालिकालाई पागल जस्तै बनाएको टिप्पणी
काठमाडौं । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टीका सांसद रामप्रकाश चौधरीले पब्जी गेम तुरुन्तै बन्द गर्न माग गरेका छन् ।
सांसद चौधरीले पब्जीले बालबालिकालाई पागल जस्तै बनाएको भन्दै बन्द गर्न माग गरेका हुन् ।
”आज हाम्रो बालबालिका ठोक-ठोक, मार-मार भन्दा भन्दै पागल जस्तो भएका छन् । त्यसैले यो पब्जी गेम तुरून्तै बन्द गरियोस्,’’ उनले बैठकमा बोल्दै भने ।