मुख्य समाचारशिक्षा स्वास्थसमाचार
सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई ‘टाइ’ अनिवार्य नगर्न महानगरको निर्देशन
काठमाडौं । अबदेखी सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई ‘टाइ’ अनिवार्य नगर्न काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ ।
महानगरपालिकाको शिक्षा समितिले गत २८ चैतमा टाइ अनिवार्य नगर्न निर्णय गरेको थियो त्यसपछि महानगरपालिकाले आज बिहीबार सामुदायिक विद्यालयहरुलाई परिपत्र गर्दै कुनैपनि कक्षामा टाइ अनिवार्य नगर्न निर्देशन दिएको हो ।