Grace Computer Jawalakhel
समाचार

प्रचण्डको वैवाहिक वर्षगाँठमा नातिनीद्वारा सहयोग – GoodNews24

घोडाघोडी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ५१आँै वैवाहिक वर्षगाँठका अवसरमा नातिनी तथा गायिका स्मिता दाहालले मानसिक रोगीलाई आश्रय दिइरहेको कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको सहारा घरलाई सहयोग गर्नुभएको छ ।

गायिका दाहालले कैलालीका पत्रकार प्रकाश मिश्रमार्फत आज हजुरबुबाको वैवाहिक वर्षगाँठको अवसर पारेर सहारा घरलाई रु ५१ हजार बराबरका लत्ताकपडा तथा खाद्यान्न सहयोग गर्नुभएको हो । केही समय पहिले एक साङ्गीतिक कार्यक्रममा कैलाली आउँदा कुनै दिन समय मिलाएर सहारा घरलाई सहयोग गर्ने प्रतिबद्धता गरेर जानुभएकी गायिका दाहालले हजुरबुबाको वैवाहिक वर्षगाँठको अवसर पारेर पठाउनुभएको सहयोग प्रदान गर्न पाउँदा खुशी लागेको पत्रकार मिश्रले बताउनुभयो ।

विभिन्न ठाउँका सडकबाट ल्याइएका ७३ जना मानसिक रोगीलाई आश्रय प्रदान गरिरहनुभएका सहारा घरका सञ्चालक बलबहादुर विष्टले गर्मीको समयमा लगाउन मिल्ने ट्राउजर, टिसर्ट तथा खाद्यान्नमा दाल, चामल, तेल, नुन, भटमास प्रदान गर्नुभएकोमा गायिका दाहाललाई धन्यवाद दिनुभयो ।

GudNews24 निरन्तर सकारात्मक सन्देश…
यो पनि पढ्नुहोस् …
[irp posts=”5554″] [irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″]

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button