अन्यसमाचार

बट्टाइपालनमा युवाको आकर्षण -GoodNews24

Gobal IME Bank

रामपुर । रामपुर नगरपालिकामा बट्टाईंपालन शुरु गरिएको छ । रामपुर नगरपालिका–७ सिरुपाटाका युवक आभाष भट्टराईले यस क्षेत्रमा पहिलोपटक बट्टार्इं पाल्न शरु गरेपछि अवलोकन गर्नेको आकर्षण बढ्दो छ ।

शहीद बहुमुखी क्याम्पस स्नातक तह चौथो वर्षमा व्यवस्थापन सङ्कायमा अध्ययन गर्नुभएका भट्टराईले गत भदौदेखि काठमाडौँबाट चल्ला ल्याएर रामपुरमा नयाँ व्यवसायको रुपमा व्यवसाय शुरु गर्नुभएको हो । एक हजार दुई सय चल्लाबाट व्यवसाय सञ्चालन गर्नुभएका भट्टराई दोस्रोपटक आठ सय, तेस्रोपटक एक हजार दुई सय थप गरी बिक्रीसमेत गरिसक्नुभएको छ । पुनः एक हजार चल्ला थप्ने तयारी गर्नुभएको छ ।

एकवटा चल्ला रु ६० मा खरिद गरी ६० दिनको समय भएपछि भाले २५०, पोथी ३५० मा र प्रतिअण्डा रु १० मा बिक्री भइरहेको उहाँले बताउनुभयो । “रामपुरका ठूला होटलबाट बढी माग आउने गरेको छ, स्वास्थ्यका लागि फाइदाजनक भएकाले पनि खोजीखोजी लैजाने गरेका छन्, आम्दानी पनि राम्रै हँुदोरहेछ”, भट्टराईले अनुभव सुनाउनुभयो ।

फार्म व्यवस्थापन र चल्ला खरिदमा गरी करीब रु १५ लाखको लगानी व्यवसायमा परेको छ । अण्डामा भन्दा पनि मासुमा बढी ग्राहकको आकर्षण छ । एक हजार बट्टाईं बिक्री गर्दा रु एक लाख फाइदा हुने गरेको उहाँ बताउनुहुन्छ ।

रामपुर नगरपालिका–८ दध्रा बस्ने वसन्त पुलामीले पनि बट्टाईंपालन शुरु गर्नुभएको छ । पाँच महिनाअघि परीक्षणका रुपमा १५० चल्लाबाट व्यवसाय शुरु गर्नुभएका पुलामीले बजार राम्रै लिएपछि थप गर्ने सोच बनाउनुभएको छ । “माग राम्रै आएपछि व्यवसाय थप गर्ने तयारी गरेको छु, सोचेभन्दा राम्रो माग आएको छ, राम्रोसँग गरियो भने यसबाट मनग्य कमाई गर्न सकिँदोरहेछ”, पुलामीले भन्नुभयो ।

मासुको तुलनामा अण्डा भने कम बिक्री हुने गरेको व्यवसायीहरु बताउँछन् । बट्टाईंपालन आर्थिक तथा स्वास्थ्यका हिसाबले निकै नै उपयोगी मानिन्छ । यिनीहरुसँग रोग प्रतिरोधात्मक क्षमता धेरै नै हुने भएकाले औषधि खर्च न्यून हुन्छ ।

पन्छीपालनमा ७० प्रतिशत लगानी दानामा लागेता पनि यसमा दानामा लागत खर्च पनि निकै नै कम रहेको छ । जिउँदो चराको एक रुपैयाँ प्रतिग्राम पाइने यो चरा २८ दिनदेखि बेच्न योग्य हुने र औसत तौल एक ५० ग्राम ९२०० ग्राम सम्मको हुन्छ । बट्टाईंले एक महिना पुगेपछि नै अण्डा दिन थाल्छ । यसका अण्डाहरु साना–साना भएता पनि पौष्टिक तत्वले भरिपूर्ण रहेका हुन्छन् ।

बजारमा एक अण्डा प्रतिगोटा रु १० सम्म बिक्री हुन्छ । यसको मासु बाथ रोग र मुटुरोगका लागि उत्तम मानिन्छ । मासुमा कम चिल्लो पदार्थ, भिटामिन ए, बी, डी, ई, के र शरीरका लागि चाहिने आवश्यक खनिज पदार्थ पाइन्छ । मासुको स्वाद फरक हुने कारणले कसैलाई मन नपर्ने र कसैलाई औधी नै मनपर्ने हुन्छ । बट्टाईं जङ्गलमा बस्ने उड्ने चराको जात भएकाले भाग्ने समस्या र बढी घाइते हुने समस्या देखापर्ने गरेको व्यवसायीहरु बताउँछन् ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″] [irp posts=”3875″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button